FAQs Complain Problems

सेवाकालीन प्रशिक्षण कार्यक्रम

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र धरान उपमहानगरपालिकाको आयोजनामा मिति २०८२ असार २५ गतेदेखि सञ्चालन भएको धरान उपमहानगरपालिकामा कार्यरत अधिकृत स्तर छठौं तहका कर्मचारीहरुका लागि विकास व्यवस्थापन तथा व्यावसायीकता प्रवर्ध्दन विषयक ३० कार्यदिने सेवाकालिन प्रशिक्षण कार्यक्रम मिति २०८२ श्रावण २८ गते धरान उपमहानगरपालिकाका प्रमुख श्री हर्कराज राईको प्रमुख आतिथ्यतामा प्रतिष्ठानका कार्यकारी निर्देशक श्री कानुन लाल चौधरीको अध्यक्षतामा समापन भएको थियो । प्रशिक्षण समापन कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख श्री अइन्द्र विक्रम वेघा, प्रमुख प्रशासकीय अधिकृत श्री अम्विका प्रसाद चौलागाई, सुशासन समितिका संयोजक श्री मुरारी भट्टराई साथै उपमहानगरपालकाका महाशाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । उक्त सेवाकालिन प्रशिक्षण कार्यक्रमको प्रमुख संयोजकको  भूमिका प्रतिष्ठानका प्रशिक्षण तथा अनुसन्धान अधिकृत श्री दिपक थापा गर्नुभएको थियो । साथै प्रतिष्ठानका कर्मचारी श्री अमित श्रेष्ठले प्राविधिक र श्री इश्वरी रिजालले व्यवस्थापनकार्यको नेतृत्व गर्नुभएको थियो । उपमहानगरका प्रशासन महाशाखा प्रमुख श्री वेद प्रसाद सापकोटाले नगरपालिकाको तर्फबाट नेतृत्व गर्नुभएको थियो । सेवाकालीन प्रशिक्षण कार्यक्रममा ३० जना सहभागीहरु जसमा ११ जना महिला र १९ जना पुरुष दिक्षित हुनुभएको थियो ।