FAQs Complain Problems

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव तथा धरान उ.मा.न.पा. का कर्मचारीबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न

धरान उप-महानगरपालिकाको अनुगमन कार्यको लागि पाल्नुभएका संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव श्री महेन्द्रमान गुरुङ्ग तथा धरान उ.मा.न.पा. का कर्मचारीबीच यही २०७३ जेठ २४ गते अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा नगरपालिकाको तर्फबाट कार्यकारी अधिकृत श्री टीकादत्त राईले आर्थिक वर्ष २०७२।७३ को हालसम्म भएको प्रगति विवरण प्रस्तुत गर्नुभयो ।  उक्त प्रस्तुतिपछि सचिव  श्री महेन्द्रमान गुरुङ्गले उप-महानगरपालिकाले गरेका कामकारवाहीको आर्थिक तथा भौतिक प्रगति प्रति सन्तोष व्यक्त गर्नुभयो । नगरमा सामाजिक सुरक्षा भत्ता बैङ्किङ प्रणालीबाट पूर्णत वितरण भएको पाउँदा वहाँले निकै नै खुसी व्यक्त गर्नुभयो । साथै वहाँले पेश्की/बेरूजु फछर्यौटलाई तोकिएको प्रतिशत भित्र न्यूनतम रूपमा प्राप्त गर्न निर्देशन दिनुका साथै जनसहभागितामा हुने निर्माण लगायतका कार्यमा निरन्तरता दिन समेत निर्देशन दिनुभयो ।

कार्यकारी अधिकृत श्री टीकादत्त राईले प्रस्तुत गर्नुभएको प्रगति विवरण यसै साथ संलग्न pdf मा उपलब्ध छ ।

Supporting Documents: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.