FAQs Complain Problems

विश्व वातावरण दिवस तथा डेंगु नियन्त्रण कार्यक्रम

धरानमा बढेको डेंगु प्रकोप नियन्त्रण गर्न विभिन्न कार्यक्रमहरु सँग वृहत जनचेतना तथा जन परिचालन अभियान शुरु गरेको छ । डेंगु प्रकोप नियन्त्रण का लगि लामखुट्टेको लार्भा नष्ट गर्न घर दैलो अभियान समेत संचालन गरिएको छ । विश्व वातावरण दिवशको अवसर पारेर बुधवार वृहत जनचेतना र्यालीको आयोजना गरिएको थियो । धरान उपमहानगरपालिकाबाट शुरु भएको र्याली धरानको नयाँ वजार, भानु चौक हुदै वरगाछीमा पुगेर समापन भएको थियो । र्यालीमा प्रहरी प्रशासन, विद्यालय, संघसंस्था, धरानका सम्पूर्ण वडा कार्यालयबाट सहभागिता रहेको थियो । अब प्रत्येक वडा कार्यालयहरुले वडामा पनि जनपरिचालन गरेर घर घरमा नै गएर लामखुट्टेको अण्डा र लार्भा मार्ने अभियान शुरु गर्ने कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले बताइन् ।