FAQs Complain Problems

धरान वर्ष खेलाडी घोषणा

धरान उपमहानगरपालिका, नगर खेलकुद विकास समितिले धरान वर्ष खेलाडी २०७५ घोषणा गरेको छ। मिति २०७६।०२।१० गते सम्पन्न धरान वर्ष खेलाडी घोषणा कार्यक्रममा धरानका गल्फ खेलाडी शुक्र राईलाई धरान वर्ष खेलाडी घोषणा गरिएको हो। सोहि कार्यक्रममा उत्कृष्ट पुर्वखेलाडी सम्मानबाट टेवलटेनिसकी पुर्वअन्तराष्ट्रिय खेलाडी गीता थापा मगरलाई सम्मानित गरिएको थियो। धरान उपमहानगरपालिकाको कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारी सुवेदीले वर्ष खेलाडी शुक्र राईलाई नगद रु एक लाख र उत्कृष्ट पुर्वखेलाडी गीता मगरलाई नगद रु पचास हजार प्रदान गरी सम्मान गर्नु भएको थियो।