FAQs Complain Problems

तारा सुब्वा स्मृति–ग्रन्थका लागि संस्मरण–आलेख उपलब्ध गराइदिन आह्वान

धरानका लोकप्रिय नेता, मेयर तारा सुब्बाको निधनपश्चात उहाँको अभाव खट्किरहेकै छ । वहाँका सुकर्महरूको स्मृतिसम्मानमा धरान नगर सरकारले तारा सुब्बा स्मृतिग्रन्थ प्रकाशनको तयारी गरिरहेको अवगत गराउँदै तारा सुव्वासँगको साहचर्य र संयोगी समयका संस्मरणहरू, वहाँका बारे आफूसँग भएका सूचना, दुर्लभ छायाचित्रहरू, विशेष जानकारीहरू तथा वहाँका सम्झनामा लेखिएका साहित्यिक रचनाहरू निम्न ठेगानामा 2०७६ असार 6 गतेसम्ममा उपलब्ध गराएर तारा-स्मृतिलाई जीवन्त बनाउने अभियानमा सहकार्यका लागि यहाँहरू सबैमा सादर अनुरोध गर्दछौं।

आलेख उपलब्ध गराउनको लागि ठेगाना

Email : tarasubbamemory.dharan2019@gmail.com
info@dharan.gov.npdrbkhatiwada@gmail.com
 
श्री धरान उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय
राजस्व, सूचना तथा पर्यटन महाशाखा
 

प्रा. डा. भीम खतिवडा

संयोजक

तारा सुब्बा स्मृति–ग्रन्थ सम्पादन समिति

धरान उपमहानगरपालिका