FAQs Complain Problems

गीत रचना उपलब्ध गराउने बारेको सूचना

गीत सङ्गीतका माध्यमबाट धरानको पहिचान एवम् गौरववृद्धि गराउँदै धरानको पर्यटन प्रवर्द्धन गराउने धरान उपमहानगरपालिकाको उद्देश्य बमोजिम तपसिलमा उल्लिखित नियमका परिधिभित्र रही यो सूचना प्रकाशित भएका मितिले २२ दिनभित्र आफ्नो गीत रचना उपलब्ध गराउन समस्त रचनाकार महानुभावहरुमा हार्दिक अनुरोध गरिन्छ ।

तपसिल

  • गीत नेपाली भाषामा लेखिएको, १४ हरफको सीमाभित्र रही रचना गरिएको हुनुपर्ने ।
  • जुनसुकै नेपालीले गीत रचना गर्न सक्ने ।
  • रचनाले धरानको भूगोल, इतिहास, भाषा, संस्कृति, कला, साहित्य, जाति, व्यक्तित्व आदिलाई समेटिएको हुनुपर्ने ।
  • रचना Hard copy  वा Soft copy  उपलब्ध गराउन सकिने ।
  • रचना धरान उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय,  राजस्व, सूचना तथा पर्यटन महाशाखामा उपलब्ध गराइसक्नुपर्ने । (E-mail : info@dharan.gov.np)
  • प्राप्त रचनाको मूल्याङ्कन गरी छनौट भएका रचनाका रचनाकारहरुलाई पारिश्रमिक प्रदान गरिने । (न्यूनतम रु. ३,०००/- देखि अधिकतम रु. १०,०००/- ।)
  • प्राप्त रचना उपमहानगरपालिका आफैंले स्वामित्व ग्रहण गरी स्वर, सङ्गीत र दृश्यचित्र तयार गर्न सक्ने ।
  • छनौट नभएका रचनाहरु रचनाकारलाई फिर्ता नहुने ।