FAQs Complain Problems

वडा नं. ४ मा कर संकलन शुरु

सेवाग्राहीलाई सहज, छिटो र छरितो सेवा प्रदान गर्नको निम्ति  वडा नं. ४ को कार्यालयबाट कर संकलन कार्यको थालनि भएको छ। जेठ २१ गते मङ्गलबार धरान उपमहानगरपालिकाकी कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारी सुवेदीले सेवाको उद्घाटन गर्नु भएको हो। कार्यक्रममा वडाध्यक्ष मान बहादुर राई, वरिष्ठ राजस्व, सूचना तथा पर्यटन अधिकृत खगेन्द्र खतिवडा, वडा सदस्य लगायत वडावासीको सहभागिता थियो।