नगरका धार्मिक पर्यटकीय स्थानहरू

धरान घ‌ण्टाघर

धरान नगरपालिकाको २० वर्षे दीर्घकालीन सोच अनुरूप पर्यटकहरूका लागि थप आकर्षण र धरान नगरको छुट्टै पहिचान समेत गराउने उद्देश्यले धरान ६ भानुचौकमा कूल रु ५६,३९,०००.०० को लागत अनुमानमा घण्टाघर निर्माण प्रारम्भ भई अन्तिम चरणमा पुगेको छ ।

उक्त घण्टाघर निर्माण गर्न धरान हङकङ मंचको सकृयतामा धरान लगायत विभिन्न ठाउँबाट हङकङ र मकाउमा गएर बस्ने नेपालीहरूबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

उक्त घण्टाघरको निर्माण गर्ने जिम्मा अमृत निर्माण सेवा प्रा.लि., धरान ३ ले लिएको छ । हङकङ स्थित घण्टाघरकै नमुनाको उक्त घण्टाघर जमिन भन्दा माथि ७६.५ फिट उचाइको रहने छ भने ५५ फिटको उचाइमा गएर एक पटकमा करिब ५० जना सम्मले वरिपरि परिक्रमा गर्दै दृश्यावलोकन गर्न सक्ने छन् । घण्टाघरको उत्तर तर्फ भूकम्प स्मारक (पार्क) समेत निर्माण गरिने छ ।

 

भूकम्प स्मारक पार्क निर्माण

धरान नगरपालिका वडा नं‌ ६ भानुचौकमा धरान घण्टाघर संगै उत्तर तर्फ भूकम्प स्मारक पार्क निर्माण भएको छ । धरानबाट जापान गएर बसोबास गर्ने नेपालीहरूको संगठन ‌धरान-जापान समूह को आर्थिक सहयोगमा निर्माण गरिएको भूकम्प स्मारक पार्कमा २०४५ सालको भूकम्पमा धरानमा मृत्यु हुने व्यक्तिहरूको नाम शिलामा अंकित गरिएको छ । ८ लाखको लागतमा निर्माण भएको उक्त स्मारक र पार्क निर्माण गर्न धरान जापान समूहबाट रु‌ ५ लाख प्राप्त भएको थियो भने वाकी रु‌ ३ लाख स्थानीय चन्दा दाताहरूबाट घण्टाघर निर्माण अनुगमन समितिले संकलन गरी उक्त समितिबाट निर्माण कार्य गरिएको हो ।

२०४५ सालको भूकम्पले धरानलाई धेरै क्षति पुर्याएको र उक्त भूकम्पबाट नेपाल अधिराज्य भरमा ७०० जनाको मृत्यु भएकोमा ११४ जनाको मृत्यु धरानमानै भएकोले तीनै भूकम्पमा परी मृत्यु हुनेहरूको सम्झनामा यो स्मारक वनाइएको हो । उक्त स्मारक बनाउन २०५७ सालमा धरान शतवार्षिक महोत्सवको वेलानै शिलान्यास गरिएको थियो ।

 

यलम्बर सामुदायिक वन (पार्क)

राई भू.पू. सैनिकहरूले किरात राई वृक्षारोपण तथा संरक्षण समूहको नामबाट वि.सं. २०५४ सालबाट शुरु गरेको वन संरक्षण हाल आएर यलम्बर सामुदायिक वनले प्रख्यात भएको छ । धरान ८ तिनकुनेबाट वि.पि.को.स्वा.वि.प्र.जाने बाटोको दक्षिणमा रहेको यो पार्क वि.सं. २०५५ सालमा यलम्वर सामुदायिक वनको रुपमा दर्ता भएको हो । हाल यस सामुदायिक वन ४ महिला सहित १७ सदस्यीय संचालक समिति मार्फत संचालित रहेको छ ।

अन्य विशेषताहरू
वन २० हेक्टर क्षेत्रफलमा रहेको छ ।
धरानमै एउटा मात्र झोलुंगेपुल साथै आकर्षक माछा पोखरी
मिनी जु (पशुपक्षीहरू )रहेको
टेबुलटेनिस तथा व्याटमिन्टन कोर्ट समेत रहेको
पिकनिक स्पटहरु रहेको
खानेपानी तथा विजुलिवत्ती आदिको सुविधा भएको
प्राकृतिक हावापानी तथा वातावरण रहेको ।

प्रवेश शुल्क
प्रवेश शुल्क प्रतिव्यक्ति रु. ५।-
समूहमा अधिकतम रु. २००।-
शैक्षिक तथा मैत्री भ्रमणका लागि निःशुल्कको पनि व्यवस्था छ ।

 

पञ्चकन्या नेचुरल पार्क


धरान नगरपालिका वार्ड नं. १४ को उत्तर भागमा नगरपालिकाद्वारा संरक्षित करिब १२ हेक्टर जंगल क्षेत्रमा पञ्चकन्या नेचुरल पार्क रहेको छ । उक्त स्थान धरान बजार (भानुचौकवाट )लगभग ३ कि.मी. उत्तरमा रहेको छ ।

विशेषताहरू
पञ्चकन्या, पाथिभरा र विन्ध्यवासिनी देवीका मन्दिरहरू रहेको ।
ऐतिहासिक शेनवंशी राजाको दरबारको भग्नावशेषका समेत रहेको ।
पिकनिक स्थलहरू रहेका ।
खानेपानी तथा बिजुलीबत्ती को सुविधा रहेको ।
हरियाली प्राकृतिक मनोरम वातावरण रहेको ।
विभिन्न चराचुरुगीहरुको आवाज सुन्न र ध

रान बजारको दृश्यावलोकन समेत गर्न सकिने ।

अन्यमन्दिर दर्शन गर्न जाने बाहेक प्रति व्यक्ति रु ५।- टिकट दस्तुर लाग्ने छ ।
उक्त स्थ

ल सम्म जान भानुचौकबाट ट्याक्सी ट्याम्पो रिजर्भ लीन सकिन्छ पैदल यात्रा गर्दा करिब आधा घण्टा लाग्दछ ।

प्रतिक्रिया दिनुहोस्