होम पेज | साइट म्याप | सम्पर्क | In English

सहरी सामुदायिक स्वास्थ्य केन्द्र

धरान नगरपालिकाको दीर्घकालीन सोच मध्ये धरानलाई स्वास्थ्य उपचारका लागि पूर्वाधारयूक्त सहर बनाउन साथै गरिव पिछडिएका र अशिक्षित सबैले सर्व सुलभ तरिकाबाट सामान्य स्वास्थ्य उपचार प्राप्त गर्न सकुन भन्ने अभिप्रायले गरिब तथा पिछडिएका वस्तिहरूलाई प्राथमिकता दिएर धरान नगरपालिकाद्वारा विभिन्न वडामा मातृ शिशु स्वास्थ्य क्लिनिकहरूको संचालन गरी आएकोमा सो को प्रभावकारी नतिजाहरूका कारण सो क्लिनिकहरूको कार्यक्षेत्र विकास गरी हाल सहरी सामुदायिक स्वास्थ्य केन्द्रको रूपमा विकास गरेर लगिएको छ । हाल त्यस्ता केन्द्रहरू वडा नं‌ ११, १३, १४, १५, १६ र १७ गरी जम्मा ६ वटा संचालनमा छन् ।

सम्बन्धित वडाका वडवाजीहरूको भेलाबाट जिल्ला संचालक समितिको गठन गरी संचालन भई रहेका क्लिनिक जिल्ला जनस्वास्थ्यबाट केहि औषधिहरू उपलब्ध हुन्छ । भने धरान नगरपालिकाले पनि संचालनका लागि बजेट विनियोजन गर्दै आएको छ ।

केन्द्रका उद्देश्यहरु

  • मातृ तथा शिशुजन्य रोगको रोकथाम गर्ने ।
  • मातृ मृत्युदरमा कमी ल्याउने ।
  • सहरी युवा युवतीहरूको प्रजनन स्वास्थ्य स्थितिलाई बढाउने ।
  • नवजात शिशुको मृत्यु दर र गर्भ अवस्थामा देखिने ।

 

क्लिनिकबाट हुने क्रियाकलापहरू

  • गर्भवती महिलाहरूको नियमित स्वास्थ्य परीक्षण
  • भिटामिन आइरन चक्की जस्ता ओषधि निःशुल्क वितरण
  • बालबालिकाका लागि नियमित खोप
  • बच्चाहरूको तौल लिने ।
  • महिलाहरूलाई परिवार नियोजन सम्बन्धी अस्थायी साधन वितरण गर्ने

 

सहरी सामुदायिक स्वास्थ्य केन्द्र



सहरी सामुदायिक स्वास्थ्य केन्द्र


सहरी सामुदायिक स्वास्थ्य केन्द्र