होम पेज | साइट म्याप | सम्पर्क | In English

DACAW कार्यक्रम एक परिचय

उदेश्य

Decentralized Action for Child & Woman (DACAW) कार्यक्रम युनिसेफको सहयोगमा नेपालका १५ वटा जिल्ला यो कार्यक्रम संचालित बालबालिका र महिलाको लागि विकेन्द्रित कार्य हो । यो कार्यक्रमको सन् २००२ देखि २००६ को डिसेम्बर सम्म (पाँच बर्ष) रहेने छ ।

पिछडिएको महिला तथा बालबालिकाका क्षेत्रमा सुधार गर्ने उदेश्यले मुख्य कार्यालय काठमाण्डौ, पूर्वाञ्चलको फिल्ड अफिस विराटनगर, र District फिल्ड अफिस इनरुवामा रहेको यो कार्यक्रम सुनसरी जिल्लाका १२ वटा गाउँ विकास समिति र २ वटा नगरपालिकामा लागू भएको छ । यो कार्यक्रमको लागि सुनसरी जिल्ला नमुना को रुपमा पनि परिचित छ ।


उदेश्य

  • पिछडिएका समुदायका विशेषगरी बालबालिका र युवतीको गुणस्तरीय आधारभूत शिक्षाको पहुँचमा वृद्धि गर्ने
  • बालबालिका र महिलाहरूलाई हिंसा शोषण र दुर्व्यवहारबाट जोगाउने ।
  • बालबालिका र महिलामा हुने रोगका कारणहरू र मृत्युदर घटाउने ।
  • बालबालिका र महिलाको पोषण सम्बन्धी अवस्थामा सुधार गर्ने ।
  • युवा समूहको विकास तथा एचआईभी र एड्‍सबारे चेतना अभिवृद्धि गर्ने र महिलाहरूको स्तरमा सुधार ल्याउने ।

लक्ष्य

  • सबै बालबालिकाले गुणस्तरीय प्राथमिक शिक्षा पाएका हुनेछन् ।
  • सबै बालबालिकाहरू पोषित हुनेछन् ।
  • सबै आमाहरूले गुणस्तरीय मातृ सेवा र स्याहार पाएका हुनेछन् ।
  • सबैले स्वास्थ्य सुविधा पाएका हुनेछन् ।
  • सबै परिवारले चर्पीको प्रयोग गर्ने बानी बसालेका हुनेछन् ।
  • आफ्नो व्यक्तिगत विकासका लागि सबैले खास गरी किशोरीहरूले
  • आवश्यक सूचना, ज्ञान, सीप पाएका हुनेछन्