पंचकन्या मन्दिर

 
 


स्थान: विजयपुर डाँडाको उत्तरी भागमा अवस्थित(पंचकन्या पार्क भित्र)

इतिहास: हिन्दुहरुका आदर्श नारी पंचकन्या (पार्वती, दौपदी, तारा, मन्दोदरी र कुन्ती) को नामवाट यस मन्दिरको नाम रहेको छ । यस मन्दिरको निर्माण वारे‌‌‌‌ एतिहासिक अभिलेख नपाइएता पनि सेनगढीका अन्तिम राजा नरेन्द्र सेनले यो मन्दिरको निर्माण गरेका हुन भन्ने भनाइ रहेकोछ ।

विशेषता: यस मन्दिरको प्रसाद खुवाएमा लाटा बहिरा केटाकेटिहरु वोल्न र सुन्न सक्ने हुन्छन् भन्ने विश्वास गरिन्छ। हाल धरान नगरपालिकाद्धारा संरक्षित वन क्षेत्र भित्र रहेको यो रमणीय मन्दिरमा दर्शनका अतिरिक्त वनभोज विवाह एवं ब्रतवन्धका लागि समेत अत्याधिक सख्यामा मानिसहरु आवत जावत गर्दछन ।

पंचकन्या मन्दिर

 

     
 

बुढासुब्बा मन्दिर

 
 


स्थान: विजयपुर डाँडाको मध्य पूर्वि भागमा अवस्थित रहेको ।

इतिहास: वि‌.सं. १८३० तिर नेपालको राष्ट्रिय एकीरणको सिलसिलामा विजयपुरका तत्कालिन राजा बुद्धिकर्ण ख्वाङरायलाई गोरखाका राजाले मारे पछि उनलाई अन्तिम संस्कार गरिएको समाधि स्थल नै अहिलेका बुढासुव्वा मन्दिर हो भनी ईतिहासकारहरु वताउंछन । यद्यपि अहिले सम्म यो कसको समाधि हो भन्ने यकिन हुन सकेको छैन । किम्वदन्ती अनुसार बुढासुब्बालाई किराँत धर्मावलम्बीहरुको देवताको रुपमा लिइन्छ ।

विशेषता:

मन्दिर भित्र कुनै देव देवीको आकृतियुक्त प्रतिमा नभएर ३ वटा माटाका ढिस्को रहेका

यहांका मगर जातिका पुजारीहरु बुढासुव्वालाई चढाएको कुखुराको कलेजोवाट जोखाना पनि हेर्ने गर्दछन
कुखुरा र सुगुरको मात्र बली चढाईन्छ ।

यहांको वांसको टुप्पो नहुनु, भुसुना र काग नआउनु तथा शीत नपर्नु यस क्षेत्रको अलौकिक विशेषता हो

आपतविपद र दुख विमार पर्दा बुढासुव्वालाई सम्झिएर कुखुरा, सुगुर अण्डा बिडी रक्सी आदि भाकल गरेमा

मनोकामना सिद्ध हुन्छ भन्ने गहिरो जनविश्वास रहेको छ

पूजा: विशेष गरेर वुधवार र शनिवार भाकल वुझाउनेको ठूलो भिड लाग्ने गर्दछ ।

बुढासुब्बा मन्दिर

     
 

दन्तकाली मन्दिर

 
 


स्थान: विजयपुर डाडाको मध्य भागमा अवस्थित रहेको ।


इतिहास: स्वस्थानी व्रत कथामा उल्लेखित भए अनुसार सत्ययुगमा भगवान शिवले विरक्त भएर मृत पत्नी सतीदेवीको शवलाई बोकी हिड्दा विभिन्न स्थानमा अंगहरु पतन हुने क्रममा दात पतन भएको स्थान ।


विशेषता:
हाल सम्म पनि सो ऐतिहासिक दांत सुरक्षित रहेको
पशु पंछिको वलि चढाउने गरेको

पूजा: दशैको प्रतिपदा देखि नवमि सम्म विशेष पुजाआजा गरिन्छ ।

दन्तकाली मन्दिर

     
 

पिण्डेश्वर मन्दिर

 
 


स्थान: विजयपुर डाँडाको दक्षिण भागमा अवस्थित रहेको ।

इतिहास: भारत वर्षको नामकरण पूर्वको १४ अरण्य मध्ये १० अरण्य रुद्राक्षरण्य धरानको यस पिण्डेश्वर बाबाधामलाई मानिन्छ । देवता र दानव संयुक्त रुपमा समुन्द्र मंथन गरी निकालेको अमृतको घडा लिई यस स्थानमा देवताहरु ‍आएका ।


विशेषता:

अती प्राचीन देवदेवीका कलात्मक मन्दिर र मूर्तिहरु छन् जसमध्ये अष्टभूजा देवीको मन्दिर प्रसिद्ध छ ।

चौविसौ घंटा निरन्तर वत्ति बाली राखिन्छ र यदि निभेको खण्डमा रामधुनी मन्दिरवाट दीप ल्याएर वाल्ने प्रचलन अध्यावधि कायमै छ ।

रुद्राक्षका रुखहरु यो मन्दिर वरिपरी पाईन्छ ।

पूजा: श्रावण महिनाको प्रत्येक सोमवारका दिन चतरा सप्तकोशीको पानी ल्याएर चढाउने (बोलबम)
वालाचतुर्दशीका दिन पितृपूर्खाहरुको नाउमा सदविउ छर्ने ।

पिण्डेश्वर मन्दिर

     
 

शिद्धी गणेश मन्दिर

 
 


घण्टाघर र भूकम्प स्मारक पार्कको विचमा रहेको सिद्धी गणेशको मन्दिरलाई पुननिर्माण गरिएको छ । धरानमा करिव ५० भन्दा वढी विभिन्न मठमन्दिरहरु भएपनि अन्यत्र सिद्धि गणेशको एकल मन्दिर नभएकोले पनि यो मन्दिर धेरै महत्वपूर्ण मन्दिर को रुपमा रहेको छ ।

शिद्धी गणेश मन्दिर

     
 

हिमालय महायान देछेन छयोलिङ गुम्बा

 
   

स्थापना - २०३२ साल
स्थान - धरान -१८ रत्नचोक

ईतिहास
धरानमा स्थापना भएको पहिलो गुम्बा । २‌०३० सालमा सानो गुम्बाको निर्माण गरि बिभिन्न कृयाकलाप हुदै आएक । २०५५ साल देखि चन्दादाताहरुबाट चन्दा संकलन गरि २०५८ मा पुन निर्माण कार्य सम्पन्न भएको ।

गुम्बामा गरिने कृयाकलापहरु
• मासिक उभौली दशमी पूजा
• बार्षिक पूजा हुक्पा छेजी
• दशैमा काटिने पशुको मुक्तीका लागि मार पूजा ञ्यूङने ब्रत पूजा
• बुद्ध जयन्ती
• अन्य धार्मिक तथा सामाजिक कृयाकलाप

हिमालय महायान देछेन छयोलिङ गुम्बा

     
 
 

अन्तिम पटक अद्यावधिक मिति २०६६ असार ३