|
धरान घण्टाघर
|
|
| |
धरान नगरपालिकाको २० वर्षे दीर्घकालिन सोच अनुरुप पर्यटकहरुका
लागि थप आकर्षण र धरान नगरको छुट्टै पहिचान समेत गराउने उद्देश्यले
धरान ६ भानुचौकमा कूल रु ५६,३९,०००.०० को लागत अनुमानमा घण्टाघर
निर्माण प्रारम्भ भई अन्तिम चरणमा पुगेको छ ।
उक्त घण्टाघर निर्माण गर्न धरान हगंकगं मंचको सकृयतामा धरान लगायत
विभिन्न ठाउँबाट हङ्गकङ्ग र मकाउमा गएर बस्ने नेपालीहरुबाट आर्थिक
सहयोग प्राप्त भएको छ ।
उक्त घण्टाघरको निर्माण गर्ने जिम्मा अमृत निर्माण सेवा प्रा.लि.,
धरान ३ ले लिएको छ । हङ्गकङ्ग स्थित घन्टाघरकै नमूनाको उक्त घण्टाघर
जमीन भन्दा माथि ७६.५ फिट उचाईको रहने छ भने ५५ फिटको उचाइमा गएर
एक पटकमा करिव ५० जना सम्मले वरिपरी परिक्रमा गर्दै दृष्यावलोकन
गर्न सक्ने छन । घन्टाघरको उत्तर तर्फ भूकम्प स्मारक (पार्क) समेत
निर्माण गरिने छ ।
|

|
| |
|
|
| |
भूकम्प स्मारक पार्क निर्माण
|
|
| |
धरान नगरपालिका वडा नं ६ भानुचौकमा धरान घण्टाघर संगै उत्तर तर्फ
भूकम्प स्मारक पार्क निर्माण भएको छ । धरानवाट जापान गएर वसोवास
गर्ने नेपालीहरुको संगठन धरान-जापान समुह को आर्थिक सहयोगमा निर्माण
गरिएको भूकम्प स्मारक पार्कमा २०४५ सालको भूकम्पमा धरानमा मृत्यु
हुने व्यक्तिहरुको नाम शिलामा अंकित गरिएको छ । ८ लाखको लागतमा
निर्माण भएको उक्त स्मारक र पार्क निर्माण गर्न धरान जापान समूहवाट
रु ५ लाख प्राप्त भएको थियो भने वांकी रु ३ लाख स्थानीय चन्दादाताहरुवाट
घण्टाघर निर्माण अनुगमन समितिले संकलन गरी उक्त समितिवाट निर्माण
कार्य गरिएको हो ।
२०४५ सालको भूकम्पले धरानलाई धेरै क्षति पुर्याएको र उक्त भूकम्पवाट
नेपाल अधिराज्य भरमा ७०० जनाको मृत्यु भएकोमा ११४ जनाको मृत्यु
धरानमानै भएकाले तिनै भूकम्पमापरी मृत्यु हुनेहरुको सम्झनामा यो
स्मारक वनाइएको हो । उक्त स्मारक वनाउन २०५७ सालमा धरान शतवार्षिक
महोत्सवको वेलानै शिलान्यास गरिएको थियो ।
|

|
| |
|
|
| |
यलम्बर सामुदायिक वन (पार्क)
|
|
|
|
राई भू.पू. सैनिकहरुले किरात राई वृक्षारोपण तथा संरक्षण समूहको
नामबाट वि.सं. २०५४ सालबाट शुरु गरेको वन संरक्षण हाल आएर यलम्बर
सामुदायिक वनले प्रख्यात भएको छ । धरान ८ तिनकुनेबाट वि.पि.को.स्वा.वि.प्र.जाने
बाटोको दक्षिणमा रहेको यो पार्क वि.सं. २०५५ सालमा यलम्वर सामुदायिक
वनको रुपमा दर्ता भएको हो । हाल यस सामुदायिक वन ४ महिला सहित
१७ सदस्यीय संचालक समिति मार्फत संचालित रहेको छ ।
अन्य विशेषताहरु
वन २० हेक्टर क्षेत्रफलमा रहेको छ ।
धरानमै एउटामात्र झोलुंगेपुल साथै आकर्षक माछा पोखरी
मिनी जु (पशुपन्छीहरु )रहेको
टेवलटेनिस तथा व्याटमिन्टन कोर्ट समेत रहेको
पिकनिक स्पटहरु रहेको
खानेपानी तथा विजुलिवत्ती आदिको सुविधा भएको
प्राकृतिक हावापानी तथा वातावरण रहेको ।
प्रवेश शुल्क
प्रवेश शुल्क प्रतिव्यक्ति रु. ५।-
समूहमा अधिकतम रु. २००।-
शैक्षिक तथा मैत्री भ्रमणका लागि निशुल्कको पनि व्यवस्था छ ।
|



|
| |
|
|
| |
पंन्चकन्या नेचुरल पार्क
|
|
| |
धरान नगरपालिका वार्डनं. १४ को उत्तरी भागमा नगरपालिकाद्वारा संरक्षीत
करिव १२ हेक्टर जंगल क्षेत्रमा पंन्चकन्या नेचुरल पार्क रहेको
छ । उक्त स्थान धरान वजार (भानुचौकवाट )लगभग ३ कि.मी. उत्तरमा
रहेको छ ।
विशेषताहरु
पन्चकन्या, पाथिभरा र विन्ध्यावासिनी देवीका मन्दिरहरु रहेको ।
ऐतिहासिक शेनवंशी राजाको दरवारको भग्नावशेषा समेत रहेको ।
पिकनिक स्थलहरु रहेका ।
खानेपानी तथा विजुलीवत्ती को सुविधा रहेको ।
हरियाली प्राकृतिक मनोरम वातावरण रहेको ।
विभिन्न चराचुरुगीहरुको आवाज सुन्न र धरान बजारको दृष्यावलोकन
समेत गर्न सकिने ।
अन्य
मन्दिर दर्शन गर्न जाने बाहेक प्रति व्यक्ति रु ५।- टिकट दस्तुर
लाग्ने छ ।
उक्त स्थल सम्म जान भानुचौकवाट ट्याक्सी ट्याम्पु रिजर्भ लिन सकिन्छ।
पैदल यात्रा गर्दा करिव आधा धन्टा लाग्दछ ।
|


|
| |
|
|