भेडेटार

 

 


धरान देखि १६ किलोमीटर उत्तरपूर्व दिशामा अवस्थित भेडेटार सुनसरी र धनकुटा जिल्लाको संगम स्थल हो । समुन्दी सतह देखि १४२० मीटर उच्च पहाडी क्षेत्र मा रहेको र बाह्रैमास चिसो पहाडी हावा बहने हुनाले यहां गर्मि मौसममा शीतल हावा खान र जाडो मौसममा पिकनिकको लागि जानेहरुको भिड लाग्दछ । यहां २०४० सालमा वेलायतका युवराज चार्ल्स चढी चाल्स प्वाईन्ट नामकरण भएको एउटा अग्लो चुचुरो छ । जहा हाल भेडेटार भ्यूटावर बनेको छ ।

बनभोज खानको लागि पूर्वि नेपालमा यो स्थान ज्यादै प्रसिद्ध रहेको छ । काम्फेक डांडाबजार र रबि (पांचथर मेची) रोड पनि यही बाट छुटीएको छ । यहां खान बस्नका लागि राम्रा होटलहरु, बिजुली बत्ति, टेलिफोन सुविधा छ । यसका अतिरिक्त नेपाल टेलीभिजन शव स्टेशन, दुरसंचारको रिले टावर र कान्तिपुर एफ एम प्रसारणको टावर पनि यहां रहेका छ्न् । भडेटारवाट केहि पश्चिम तिर हिडेर गएपछि पूर्वाञ्चलकै प्रसिद्ध दोश्रो पाथीभरा देवीको मन्दिरमा पुगिन्छ । भेडेटारवाट पूर्वी तराईको रमाईलो फांट सप्तकोशीको मनोरम दृष्य र पहाडी क्षेत्रका कुम्भकर्ण, मकालु, कंचनजंघा जस्ता हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ ।

धरानबाट भेडेटार सम्म जानका लागि यातायातका साधनहरुमा धरान धनकुटा रुटमा चल्ने वसहरु र रिजर्भका लागि ट्याक्सी तथा भेनहरु धरान भानुचोकमा सजिलै पाईन्छ ।
 

भेडेटार

 

     
 

कोशीटप्पु वन्य जन्तु आरक्षण केन्द्र

 
 


अवस्थिति: सुनसरी जिल्लाको पश्चिममा सप्तकोशी नदीको तटमा रहेको ।
कूल क्षेत्रफल: १७५ वर्ग कि.मि
स्थापना: 2032 साल (सन 1976)
मुख्य आकर्षण: अर्नाहरु (जंगली भैसी) नेपालमा


अन्यजीवजन्तु:

विश्वमानै दुर्लभै मानिएका चराचुरुगीहरु सहित 655 प्रजातिका चराचुरुंगीहरु पाइने ।

15 प्रकारका घस्रीने जीवहरु पाइने ।

23 प्रकारका साना ठूला जनावर पाइने ।

105 प्रकारका माछा पाइने ।

अन्य विशेषता:

अर्ना, हरिण, रतुवा, निलगाई, पुडके, बादर आदि जनावर पाईने ।

जाडो मौसममा रुसको साईवेरिया, मंगोलिया, चीन, तीब्बत, काजस्थान, अफगानीस्तान, स्पेन, इरानबाट चराहरु बसाइ सरेर आउने गरेको ।

लोसार ठूलो धनेश सुल्तानरीट प्याराडाइज फिसिङ इगल टफटेड सोभलरडक ब्रेस्टेट ब्रान्डेट रेल किङ फिसर आदि संसारमा नै दुर्लभ चराहरु पाइने ।

एकदीनमा एकसय भन्दा वढी चराहरु देख्न सकिने ।

कोशीले वनाएको टापुहरु जलचर थलचर उपयचर प्राणीहरु पाइने ।

धरानबाट सुविधा:

धरानबाट 50 कि मि पश्चिममा रहेको ।

भानुचौकमा रिर्जभका लागि ट्याक्सी पाइने । साथै धरानबाट पश्चिम जाने वसमा गइ कुसाहा नहरबाट करिव 30 मिनेट पैदल यात्रा पछि पुग्न सकिन्छ ।

कोशीटप्पु वन्य जन्तु आरक्षण केन्द्र

कोशीटप्पु वन्य जन्तु आरक्षण केन्द्र

     
 

बराह क्षेत्र

 
 


धरान देखि २१ कि.मी. पश्चिम उत्तर दिशमा कोका नदी र सप्तकोशीको संगम स्थलमा वराहक्षेत्र मन्दिर रहेको छ । ऐतिहासिक पुरातात्विक तथा प्राकृतिक दृष्टीकोणवाट पनि अत्यन्तै महत्वपूर्ण र मनोरम रहेको वराहक्षेत्र हिन्दूधर्मका चार पौराणीक क्षेत्रहरु मध्ये नेपालमा पर्ने २ क्षेत्रहरु (मूक्तिनाथ क्षेत्र र वराहक्षेत्र) मध्ये एक हो ।

हिन्दु धर्म ग्रन्थका अनुसार विष्णु भगवानका दश अवतारहरु मध्ये तेश्रो अवतार (बनेलरुप) बराह भगवानले यस स्थानवाट जल समाधिस्थ पृथ्वीलाई पानीबाट माथि उठाई उद्धार गरेको कुरामा विश्वास गरिन्छ ।

यहां पितृ तर्पण (श्राद्ध) गर्न, विवाह ब्रतवन्धका अतिरिक्त प्राकृतिक सौन्दर्य, मनमोहक पहाडी दृष्य तथा नौका विहार (र्‍याफटिङ्ग) का लागि पनि मानिसहरु आउने गर्दछन् ।

कार्तिक शुक्ल एकादशी देखि पूर्णिमा सम्म र माघे सक्रान्तिमा लाग्ने विशेष मेलामा भारत तथा भुटान देखि पनि तीर्थ यात्रीहरु आउने गर्दछन ।
 

बराह क्षेत्र

     
 

विष्णु पादुका

 
 


बराहक्षेत्र देखि ४ कि.मि. उत्तर, धरानवाट ४ कि.मि. उत्तर पश्चिमको बाटो २ घन्टाको पैदल यात्रा गरी पुगिने विष्णु पादुका मन्दिर महाभारत पर्वतको फेदी र कोका नदीको सिरानमा अवस्थित छ । मन्दिर भित्र पदचिन्ह अंकित ढुंगा रहेको छ जसलाई भगवान विष्णुको पदछाप मानी विष्णुपादुका नामकरण गरिएको हो ।

विष्णुपादुकामा विष्णु भगवानले लक्ष्मी (बराही पृथ्वी) सहित भएर अर्षमा आदि दिव्य पितृहरुको श्राद्ध गरेका थिए भनी ब्रम्हपुराणको ११० अध्यायमा स्पष्ट उल्लेख भएको छ । यसर्थ भारत वर्षको गया भन्दा धेरै प्राचिन र महत्वपूर्ण तिर्थको रुपमा धर्मशास्त्रहरुले नै स्विकारेकोले पितृ श्राद्ध तर्पणका लागि यहां हिन्दुधर्मावलम्बीहरु विशेष गरेर पौष कृष्ण औशीको दिन अपार भिडका साथ श्राद्ध गर्न आउने गर्दछन् ।

कोका खोला, पहाड र जंगलको रमणीय संगमका कारण वनभोज र पर्यटकहरुको लागि आकर्षण त छदैछ यसका अतिरिक्त किरांत कालीन प्राचीन अवशेष प्रशस्तै पाइने भएकोले ऐतिहासिक र सांस्कृतिक दृष्टीकोणले समेत महत्वपूर्ण रहेको छ ।
 

विष्णु पादुका

     
 

अखण्ड रामधुनी

 
 


धरान देखि झुम्का हुदै ३२ किमि जति दक्षिण पश्चिममा वरिपरि घना जंगलले धेरिएको फलफूल बगैंचाका बीचमा अखण्ड रामधुनी मन्दिर रहेको छ । यस मन्दिरमा जलि रहेको धुनि त्रेतायुगमा भगवान रामचन्द्रजी वनवास कालमा शिकारको खोजी गदै यहाँ आईपुग्दा रात परे पछि जलाएको धुनी नै निरन्तर जली रहेको भन्ने विश्वास छ र कथम कदाचित् सो धुनी निभेमा धरानको पिण्डेश्वर बाबा धाममा रहेको अखण्ड दीपबाट आगो ल्याई प्रज्जवलित गर्नु पर्ने मान्यता रहेको छ ।

यहाँ धुनिको अतिरिक्त सेतो र कालो शालिग्राम ढुगां र शालीग्रामको शिवमूर्ति दर्शनीय छ । विशेषत यहां विवाह पंचमी, वाला चतुर्थदशी र रामनवमीका दिन धार्मीक मेला लाग्ने गर्दछ । पर्यटन सूचना केन्द्रले आगन्तुकहरुको सुविधाको लागि यहां धर्मशाला स्थापना गरेको छ ।

रामधुनी सम्म जानका लागि बाटोको सुविधा छ । झुम्का (भादगाउ, सिनिवारी गा‌.वि.स.) बाट रामधुनी सम्म नियमीत यातायात नचल्ने हुनाले पैदल यात्रा गर्दा करिव ४५ मिनेटमा पुग्न सकिन्छ भने रिजर्भका लागि ट्याम्पु ट्याक्सी सजिलै पाउन सकिन्छ ।
 

 
     
 

पञ्चायन धाम

 
 


धरान देखि ९ किमि दक्षिणमा अवस्थित तरहरा बजारबाट ७ किमि पश्चिममा पञ्चायन धाम मन्दिर रहेको छ । यस मन्दिरमा शिव, विष्णु गणेश सूर्य र देवीको मूर्ति रहेका छन । देवीलाई विचमा राखेर पूजा गर्ने गरिन्छ । यस मन्दिर परिसरमा नयाँ बर्षको उपलक्ष्यमा धुमधाम मेला लाग्ने गर्दछ ।
यहा विद्युतका साथै टेलिफोन खानेपानी आदिको पनि सुविधा छ भने पिकनिक खानेहरुका लागि समेत उपयुक्त ठाउँ मानिन्छ । यस मन्दिर सम्म पुग्नका लागि धरान तथा तरहराबाट रिजर्वमा टेम्पु ट्याक्सीहरु प्राप्त गर्न सकिन्छ ।

 
     
 
 

अन्तिम पटक अद्यावधिक मिति २०६६ असार ३