| |
सप्तरंगी पार्क निर्माण
|
|
| |
धरान नगरपालिकाले पर्यटन प्रर्वद्धनका लागि धरान १७ स्थित सप्तरंगीपार्कको
चरणबद्ध बिकास गरी रहेको छ । पहिलो चरणमा स्थानीय बिकास मन्त्रालयको
जगेडाकोषबाट ६०% र नगरपालिकाको ४०% गरी कूल ५० लाखको लागतमा कम्पाउण्डवाल,
गेट, शौचालय, पिकनिक सेड १, कटआउट वाल, टिकट काउण्टर, पालेघर,
बास्केटबल कोर्ट आदिको निर्णय सम्पन्न गरी सकिएको छ ।
त्यस्तै दोश्रो चरणमा फूलबारी निर्माण, शहीद स्मारकको वरीपरी फाउण्टेन
पोखरी, थप पिकनिक सेड, पानी टंकी, सर्भिसरोड, २ वटा ओपन प्लाजा,
बास्केटबल कोर्टको प्याराफिट, १ गेट निर्माण साथै फूलबारी निर्माणको
काम भैरहेको छ । दोश्रो चरणमा पनि स्थानिय बिकास मन्त्रालयको जगेडा
कोषवाट ६०% र न.पा.को ४०% गरी कूल ५० लाखको लागतमा निर्माण
कार्य निर्माण भइरहेको छ । |

|
| |
|
|
| |
फूटवल प्रशिक्षण केन्द्र
|
|
| |
फूटवल सम्बन्धी अन्तराष्ट्रिय संस्था फिफा (FIFA) को फूटबल खेलका
विकासका लागि प्रशिक्षण केन्द्र स्थापना गर्ने नीति अनुरुप नेपालमा
स्थापना हुन लागेको ३ वटा प्रशिक्षण केन्द्रहरु मध्ये धरान वडा
नं १७ स्थित सप्तरंगी पार्क छेउमै निर्माण भइ रहेको छ । करिव १
करोड २५ लाखको अनुमानित लागतमा निर्माण भइ रहेको उक्त प्रशिक्षण
केन्द्रका लागि धरान नगरपालिकाले ३ विगाह जमिन उपलब्ध गराएको छ
साथै कुल लागतको २० प्रतिशत खर्च समेत व्योर्ने छ । उक्त प्रशिक्षण
केन्द्रमा २५ वटा कोठा सहित अन्तराष्ट्रिय मापदण्डको खेलमैदान
र करिव २ हजार दर्शकहरु अटाउने फूटवल हर्न सक्ने प्याराफिट समेत
रहने छ ।
प्राविधिक प्रशिक्षण केन्द्रको रुपमा रहने यस केन्द्रले पूर्वाञ्चलमा
फूटवल खेलको विकास सँगै धरानको नामलाई पनि उचा राख्ने आशा धरान
नगरपालिकाले लिएको छ । |

|
| |
|
|
|