|
नगरको व्यवस्थित र समुन्नत विकासका लागि दीर्घकालिन सोच (vision)
हुनु पर्दछ भन्ने महशुस गरी नगरक्षेत्रमा रहेका विभिन्न राजनीतिक
दलहरु, उद्योगी, व्यापारी, वुद्धिजीवी, सरकारी तथा गैर सरकारी
संघ संस्थाका प्रतिनिधिहरु एवं जनप्रतिनिधिहरु साथै विभिन्न दातृ
संस्थाहरुको समेत सहभागिता तथा udle/GTZ को प्राविधिक सहयोगमा
अन्तरक्रिया गरी नगरका विशिष्ट सम्भावनाहरुको पहिचान गरी धरानलाई
आगामी २० वर्ष (वि.सं. २०७५) भित्रमा शिक्षा, स्वास्थ्य र पर्यटकीय
केन्द्रको रुपमा पूर्वाधार युक्त शुन्दर शहर बनाउने भन्ने दीर्घकालिन
सोच तयार गरी नेपाल भ्रमण वर्ष (१९९८) २०५५ को अवसरमा "शिक्षा,
स्वास्थ्य र पर्यटकीय पूर्वाधारयुक्त सुन्दर सहर, धरान" भनी नगरपालिकाको
दीर्घकालिन सोच घोषणा गरियो ।
२०६० सालमा आएर धरान पूर्वाञ्चलको प्रवेशद्वार मात्र नभएर व्यापारिक
केन्द्रको रुपमा पनि रहेकाले यसलाई व्यापारिक केन्द्रको रुपमा
पनि विकास गर्ने भनी आफनो सोच न.पा.ले थप गरेको छ ।
|
|