शहरी बाल शिक्षा कार्यक्रम  
 
सहयोगी संस्था
यूनिसेफ क्षेत्रीय कार्यालय विराटनगर

कार्यक्रमको उद्देश्य + लक्षित समूह
जोखिम परिस्थितिमा रहेका १० देखि १४ वर्ष उमेरका बालबालिकाहरु लक्षित समूहहरु हुन ।
घरेलु कामदार वालवालिकाहरु र सडक बालबालिकाहरु जो विद्यालय गएर पढन सक्दैनन साथै पाउदैनन त्यस्ता बालबालिकाहरु लाई सहयोगी कार्यकर्ता मार्फत शिक्षा प्रदान गर्नु र साक्षार बनाउनु यो कार्यक्रमको उद्देश्य हो ।

कार्यक्रमको कार्यविधि
जोखिम परिस्थितिमा रहेका वालवालिकाहरु जो घरेलु कामदार सडकवालवालिका श्रमिकको रुपमा पहिचान गरी निजहरुलाई संकलन गरी एउटा समूहमा २० जनालाई मात्र तालिम प्राप्त सहयोगी कार्यकर्तावाट दैनिक ३ घण्टाका दरले १० महिना सम्म बाल केन्द्रीय शिक्षण विधिले पठनपाठन गराईन्छ ।

उपलव्धि
निरक्षर बालबालिका पूर्ण साक्षर वन्ने छन् ।
स्वास्थ्य सरसफाई वारे वातावरण बारे जान्ने छन ।
सामाजिक पक्षका वारेमा बाल अधिकारको वारे थाहा पाउने छन ।
 
     
  समुदायमा आधारित वाल बिकास केन्द्र  
 
सहयोगी संस्था
यूनिसेफ क्षेत्रीय कार्यालय विराटनगर / जिल्ला शिक्षा कार्यालय, इनरुवा

कार्यक्रमको उदेश्य + लक्षित समूह
३-५ वर्ष उमेरका बालबालिकाहरु जो विपन्न समुदाय/परिवारमा रहेका छन् उनीहरु लक्षित वालवालिकाहरु हुन ।
लक्षित बालबालिकाहरुको चौतर्फी विकास (शारीरिक मानसिक तथा बौद्धिक भाषीक र सम्वेगात्मक विकास) गराउने साथै ५ बर्ष उमेर पुरा भए पछि बाल बिकास केन्द्र पश्चता प्राथमिक विद्यालयमा पठाउदा सजिलै विधालय जाने बानी बसाउने यो कार्यक्रमको मुख्य उद्देश्य हो ।

कार्यक्रमको कार्यविधि
अभिभावक शिक्षा कार्यक्रम पश्चात बालबिकास केन्द्रको बारेमा जानकारी प्राप्त गरी त्यसको आवश्कयता महसुस गरी समुदायबाट माग भई आए अनुसार बाल बिकास केन्द्रहरुको स्थापना गरिन्छ । त्यस्ता बाल बिकास केन्द्रहरु संचालनका लागि अभिभावकहरु मध्येबाटै संचालक समितिको गठन गरी संचालन गरिन्छ । तालिम प्राप्त सकाद्वारा दैनिक ४ घ‌ण्टा संचालिन गरिन्छ ।  बाल बिकास केन्द्र संचालनको केहि प्रतिशत खर्च स्थानीय समुदायलेनै ब्यहोर्ने गर्दछन । २०६२ फगुन महिना सम्म धरान नगरका विभिन्न वडाहरुमा १९ वटा बाल बिकास केन्द्रहरु संचालित छन ।

उपलव्धि
बालवालिकाहरु समूहमा मिलेर वस्ने, सामुहिक काम गर्ने, साथीहरुलाई माया गर्ने, आफू जे गर्दछन सोहि सम्बन्धी गीत गाउने, नाच्ने र साधारण खेल खेल्ने जस्ता कृयाकलापहरु गर्न सक्दछन ।
त्यस्तै नडराई बोल्ने, सोधेको कुरा भन्न सक्ने, नजिकको प्रा‌. वि. स्कूलमा पढन गएपछि चनाखो र फूर्तिलो देखिनेछन ।
 
     
 

अन्तिम पटक अद्यावधिक मिति २०६६ असार ३