परिचय

 

 


Decentralized Action for Child & Woman (DACAW) कार्यक्रम युनिसेफको सहयोगमा नेपालका १५ वटा जिल्ला यो कार्यक्रम संचालित बालबालिका र महिलाको लागि विकेन्द्रित कार्य हो । यो कार्यक्रमको सन् २००२ देखि २००६ को डिसेम्बर सम्म (पाँच बर्ष) रहेने छ ।

पिछडिएको महिला तथा वालवालिकाका क्षेत्रमा सुधार गर्ने उदेश्यले मुख्य कार्यालय काठमाण्डौ, पूर्वाञ्चलको फिल्ड अफिस बिराटनगर, र District फिल्ड अफिस इनरुवामा रहेको यो कार्यक्रम सुनसरी जिल्लाका १२ वटा गाँउ विकास समिति र २ वटा नगरपालिकामा लागु भएको छ । यो कार्यक्रमको लागि सुनसरी जिल्ला नमूना को रुपमा पनि परिचित छ ।
 
     
 

उदेश्य

 
 

  • पिडडिएका समुदायका विशेषगरी बालबालिका र युवतीको गुणस्तरीय आधारभूत शिक्षाको पहुचमा बृद्धि गर्ने
  • बालबालिका र महिलाहरुलाई हिंसा शोषण र दुव्यवहारबाट जोगाउने ।
  • बालबालिका र महिलामा हुने रोगका कारणाहरु र मृत्युदर घटाउने ।
  • बालबालिका र महिलाको पोषण सम्बन्धी अवस्थामा सुधार गर्ने ।
  • युवा समूहको विकास तथा एचआईभी र एड्‍सबारे चेतना अभिबृद्धि गर्ने र महिलाहरुको स्तरमा सुधार ल्याउने ।
 
     
 

लक्ष्य

 
 

  • सवै वाल वालिकाले गुणस्तरीय प्राथमिक शिक्षा पाएका हुनेछन् ।
  • सवै वाल वालिकाहरु पोषित हुनेछन् ।
  • सवै आमाहरुले गुणस्तरीय मातृ सेवा र स्याहार पाएका हुनेछन् ।
  • सवैले स्वास्थय सुविधा पाएका हुनेछन् ।
  • सवै परिवारले चर्पीको प्रयोग गर्ने बानी बसालेका हुनेछन् ।
  • आफ्नो व्यक्तिगत विकासका लागि सबैले खास गरी किशोरीहरुले
  • आवश्यक सूचना, ज्ञान, शीप पाएका हुनेछन्
 
     
     
 
 

अन्तिम पटक अद्यावधिक मिति २०६६ असार ३