सूचना
नगरका धार्मिक पर्यटकीय स्थानहरू
पञ्चकन्या मन्दिर
स्थान: विजयपुर डाँडाको उत्तरी भागमा अवस्थित(पञ्चकन्या पार्क भित्र)
इतिहास: हिन्दूहरूका आदर्श नारी पंचकन्या (पार्वती, दौपदी, तारा, मन्दोदरी र कुन्ती) को नामबाट यस मन्दिरको नाम रहेको छ । यस मन्दिरको निर्माण वारे ऐतिहासिक अभिलेख नपाइएका पनि सेनगढीका अन्तिम राजा नरेन्द्र सेनले यो मन्दिरको निर्माण गरेका हुन भन्ने भनाइ रहेको छ ।
विशेषता: यस मन्दिरको प्रसाद खुवाएमा लाटा बहिरा केटाकेटीहरू बोल्न र सुन्न सक्ने हुन्छन् भन्ने विश्वास गरिन्छ । हाल धरान नगरपालिकाद्वारा संरक्षित वन क्षेत्र भित्र रहेको यो रमणीय मन्दिरमा दर्शनका अतिरिक्त वनभोज विवाह एवं व्रतबन्धका लागि समेत अत्याधिक संख्यामा मानिसहरू आवत जावत गर्दछन् ।
बुढासुब्बा मन्दिर
स्थान: विजयपुर डाँडाको मध्य पूर्वि भागमा अवस्थित रहेको ।
इतिहास: वि.सं. १८३० तिर नेपालको राष्ट्रिय एकीकरणको सिलसिलामा विजयपुरका तत्कालीन राजा बुद्धिकर्ण ख्वाङरायलाई गोरखाका राजाले मारे पछि उनलाई अन्तिम संस्कार गरिएको समाधि स्थल नै अहिलेका बुढासुब्बा मन्दिर हो भनी इतिहासकारहरू बताउँछन् । यद्यपि अहिले सम्म यो कसको समाधि हो भन्ने यकिन हुन सकेको छैन । किम्वदन्ती अनुसार बुढासुब्बालाई किराँत धर्मावलम्बीहरुको देवताको रूपमा लिइन्छ ।
विशेषता:
- मन्दिर भित्र कुनै देव देवीको आकृतियुक्त प्रतिमा नभएर ३ वटा माटोका ढिस्को रहेका
- यहाँका मगर जातिका पुजारीहरू बुढासुब्बालाई चढाएको कुखुराको कलेजोबाट जोखना पनि हेर्ने गर्दछन् ।
- कुखुरा र सुगुरको मात्र बली चढाइन्छ ।
- यहाँको बाँसको टुप्पो नहुनु, भुसुना र काग नआउनू तथा शीत नपर्नू यस क्षेत्रको अलौकिक विशेषता हो
- आपतविपद र दुख विमार पर्दा बुढासुब्लाई सम्झिएर कुखुरा, सुगुर अण्डा बिडी रक्सी आदि भाकल गरेमा
- मनोकामना सिद्ध हुन्छ भन्ने गहिरो जन विश्वास रहेको छ
- पूजा: विशेष गरेर बुधवार र शनिवार भाकल बुझाउनेहरूको ठूलो भिड लाग्ने गर्दछ ।
दन्तकाली मन्दिर
स्थान: विजयपुर डाडाको मध्य भागमा अवस्थित रहेको ।
इतिहास: स्वस्थानी व्रत कथामा उल्लेखित भए अनुसार सत्ययुगमा भगवान शिवले विरक्त भएर मृत पत्नी सतीदेवीको शवलाई बोकी हिँड्दा विभिन्न स्थानमा अंगहरु पतन हुने क्रममा दाँत पतन भएको स्थान ।
विशेषता:
- हाल सम्म पनि सो ऐतिहासिक दाँत सुरक्षित रहेको
- पशु पंछिको वलि चढाउने गरेको
- पूजा: दशैको प्रतिपदा देखि नवमी सम्म विशेष पूजाआजा गरिन्छ ।
पिण्डेश्वर मन्दिर
स्थान: विजयपुर डाँडाको दक्षिण भागमा अवस्थित रहेको ।
इतिहास: भारत वर्षको नामकरण पूर्वको १४ अरण्य मध्ये १० अरण्य रुद्राक्षरण्य धरानको यस पिण्डेश्वर बाबाधामलाई मानिन्छ । देवता र दानव संयुक्त रुपमा समुन्द्र मंथन गरी निकालेको अमृतको घडा लिई यस स्थानमा देवताहरू आएका ।
विशेषता:
- अती प्राचीन देवदेवीका कलात्मक मन्दिर र मूर्तिहरू छन् जसमध्ये अष्टभुजा देवीको मन्दिर प्रसिद्ध छ ।
- चौबीसै घंटा निरन्तर बत्ति बाली राखिन्छ र यदि निभेको खण्डमा रामधुनी मन्दिरबाट दीप ल्याएर बाल्ने प्रचलन अद्यावधि कायमै छ ।
- रुद्राक्षका रुखहरू यो मन्दिर वरिपरि पाइन्छ ।
पूजा: श्रावण महिनाको प्रत्येक सोमवारका दिन चतरा सप्तकोसीको पानी ल्याएर चढाउने (बोलबम) । बालाचतुर्दशीका दिन पितृ पुर्खाहरूको नाउमा सतबीउ छर्ने ।
हिमालय महायान देछेन छयोलिङ गुम्बा
स्थापना - २०३२ साल
स्थान - धरान -१८ रत्नचोक
इतिहास
धरानमा स्थापना भएको पहिलो गुम्बा । २०३० सालमा सानो गुम्बाको निर्माण गरि विभिन्न कृयाकलाप हुँदै आएको । २०५५ साल देखि चन्दादाताहरुबाट चन्दा संकलन गरि २०५८ मा पुन निर्माण कार्य सम्पन्न भएको ।
गुम्बामा गरिने कृयाकलापहरु
- मासिक दशमी पूजा
- वार्षिक पूजा हुक्पा छेजी
- दशैमा काटिने पशुको मुक्तिका लागि मार पूजा ञ्यूङने व्रत पूजा
- बुद्ध जयन्ती
- अन्य धार्मिक तथा सामाजिक कृयाकलाप