FAQs Complain Problems

सहयोगी दातृ निकायहरू

 

सहयोगी दातृ निकायहरू

स्थानीय प्रयासद्वारा शहरी क्षेत्र विकास कार्यक्रम
Urban Developemnt Through The Local Effort (udle/gtz)

संघीय गणतन्त्र जर्मनी सरकारको सहयोग कार्यक्रम अन्तर्गत जर्मन प्राविधिक सहयोग संस्था को एउटा अंगको रुपमा udle रहेको छ । यस संस्थाले धरान नगरपालिकामा २०५० साल देखि विभिन्न क्षेत्रमा प्राविधिक सहयोग गर्दै आएको छ । खासगरी नगरपालिकाको सांगठनिक विकास, वित्तीय विकास, शहरी योजना विकास र शहरी सरसफाइ तथा वातावरण शिक्षा कार्यक्रम आदि क्षेत्रमा नगरपालिकाको क्षमता अभिवृद्धिको लागि प्राविधिक तथा आर्थिक सहयोग पुर्‍याउदै आएको छ भने मानवीय संसाधन विकासका लागि विभिन्न प्रकारका तालिमहरू प्रदान गर्ने र क्षेत्रीय स्तरमा क्षेत्रीय अध्ययन केन्द्रबाट आयोजना गरिएका तालिम कार्यक्रमहरूलाई आवश्यक सहयोग गर्दै आएको छ ।

त्यस्तै हरेक विकास क्षेत्रमा सो विकास क्षेत्र अन्तर्गत रहेका नगरपालिकाहरूका जनशक्तिलाई सोही क्षेत्रमा दक्ष बनाउन एक एक वटा क्षेत्रीय स्तरको तालिम केन्द्रको स्थापना गर्ने अवधारणा सहित पूर्वाञ्चल विकास क्षेत्रका लागि धरानमा स्थापना भएको क्षेत्रीय अध्ययन केन्द्र धरान को भौतिक पूर्वाधार विकासमा समेत आर्थिक सहयोग पुर्‍याउदै आएको छ ।

 

स्थानीय स्तरमा वातावरण व्यवस्थापन सुदृढीकरण आयोजना
Strengthening OF Environmental Administration and Management at the Local Level (SEAM-N)

नेपाल सरकार र फिनलैण्ड सरकारको संयूक्त लगानीमा सन् २००१ को नोभेम्वर देखि सुरु भएको यस आयोजनाको कार्यालय धरान १३ मा रहेकोछ । यस आयोजनाको कार्यक्षेत्र धरान-विराटनगरको औद्योगिक कोरिडर भित्रका ३ वटा न.पा. र ७ गा.वि.स. हरू पर्दछन् । यस आयोजनाको मुख्य उद्देश्य नेपालको समग्र विकेन्द्रीकरण प्रकृयाको अवधारणा अनुरुप वातावरणीय प्रशासन र व्यवस्थापनलाई विकेन्द्रीत गरी आयोजना क्षेत्रको वातावरणा संरक्षण गर्न, यसमा सुधार ल्याउनु तथा वातावरणको गुणस्तर बृद्धि गर्नु र आयोजना स्थलको बासिन्दाहरुलाई जीवन यापनका लागि स्वास्थ्य तथा विविधतायुक्त वातावरण उपलब्ध गराउनु रहेको छ ।

 

USAID/RUDO/South Asia

दक्षिण एसियाली मुलुकहरूका लागि यस संस्थाको कार्यालय नयां दिल्ली भारतमा रहेको छ । यस संस्थाले सन् २००० देखि धरान नगरपालिकालाई विभिन्न कार्यका लागि आर्थिक सहयोग गरिआएको छ। हाल सम्म "धरान वातावरणीय नक्सांकन आयोजना" र धरानमा ठोस फोहरमैला व्यवस्थापनको संभाव्यता अध्ययनका लागि सहयोग गरेको छ ।

 

UNICEF

संयुक्त राष्ट्र संघको विशिष्टीकृत अंग को रुपमा रहेको युनिसेफले धरान नगरपालिका क्षेत्रमा २०५१ साल देखि नै वाल विकास, मातृ विकास, स्वास्थ्य तथा सरसफाइका क्षेत्रमा विभिन्न कार्यक्रमहरू संचालन गर्दै आएको छ । समुदायमा आधारित वाल विकास केन्द्रहरू, शहरी वाल शिक्षा, अभिभावक शिक्षा कार्यक्रम, वाल पत्रकारिता, डकाव कार्यक्रम, विभिन्न जनचेतना मूलक क्रियाकलापहरू तथा सीपमूलक तालिमहरू प्रदान गरेको छ ।