FAQs Complain Problems

व्याक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सुचना प्रणाली सम्वन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

धरान उप-महानगरपालिका कार्यालयलाई विद्दुतिय सुचना  तथा सुचना प्रविधिको अधिकतम प्रयोग तथा विद्दुतिय माध्यमा संचालित कार्यक्रमको प्रभावकारी रूपमा संचालन तथा कार्यान्वयन गर्न नगरपालिका वडा सचिवहरु तथा कर्मचारीहरुको लागि क्षमता विकासको लागि  व्याक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सुचना प्रणाली (VERSS-MIS) सम्वन्धि एक दिने प्रशिक्षण कार्यक्रम यहि मिति २०७३।०३।२३ गते शुक्रवार सम्पन्न गरिएको हो ।

उक्त एक दिने तालिम कार्यक्रममा सहभागि प्रशिक्षार्थिको रुपमा धान उप-महानगरपालिका कार्यालय अन्तर्गतका ७ वटा वार्डका (८, ११, १५, १६, १७, २४ र २७) वार्ड सचिव तथा उक्त वार्डका सामाजिक परिचालकहरु तथा स्वयंसेवकहरु तथा सामाजिक विकास शाखाका कर्मचारीहरु समेत गरी २२ जना कर्मचारी प्रशिक्षार्थिहरुको उपश्थिति रहेको थियो ।

यस व्याक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सुचना प्रणाली (VERSS-MIS) सम्वन्धि तालिम कार्यक्रमका लागि धरान उप-महानगरपालिका सामाजिक विकास अधिकृत सुनिल नेपाल, सामाजिक सुरक्षा सम्पर्क व्यक्ति राजकुमार ढंगोल तथा धरान उप-महानगरपालिका कार्यालयमा कार्यरत ICTV ई. विज्ञानराज सत्याल द्वारा कार्यक्रममा सहजिकरण गरिएको थियो ।

कार्यक्रममा सहजकर्ताहरु द्वारा (VERSS-MIS) को विषयमा सैद्धान्तिक तथा व्यवहारिक दुवै किसिमको जानकारी प्रदान भएको थियो । व्याक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सुचना प्रणाली (VERSS-MIS) को सफ्वेरको वारेमा बृस्तित तथा Practical जानकारी गराईएको थियो । सहभागिहरुलाई (VERSS-MIS) को Access प्रदान गरी तथ्याङ्क Entry गर्ने विधि तथा तौर तरिकाको बारेमा व्यवहारिक शिप प्रदान गरिएको थियो ।

कार्यक्रममा सामाजिक विकास अधिकृत सुनिल नेपाल ज्यूवाट (VERSS-MIS) को राष्ट्रिय महत्व तथा यसको जनजीवन तथा देश विकासमा पर्ने दिर्घकालिन असरको वारेमा विस्तृत जानकारी गराईएको थियो । आज सम्म वार्ड नं. ८ ले मात्र शुरु गरेको यस सुचना प्रविधिको प्रयोग VERSS-MIS  आगामी दिनहरुमा सवै वार्डहरुमा अवलम्वन गर्नु पर्ने भनि वार्ड सचिवलाई प्राविधिक रुपमा तयार रहन समेत सुझाव दिनु भएको थियो । साथै सामाजिक शुरक्षा सम्पर्क व्यक्ति राज कुमार डंगोलद्वारा सामाजिक सुरक्षा र व्याक्तिगत घटना दर्ताको सम्वन्ध तथा नगरपालिकाले यस सिस्टमलाई डिजिटाईज रुपमा कार्यान्वयन गर्दाको कठिनाई, कार्य अनुभव तथा महत्वको वारेमा जानकारी गराउनु भएको थियो । अन्त्यमा आगामी आर्थिक वर्षदेखि वार्ड नं. ११, १५, १६, १७, २३, २४ र २७   नं. वार्डले VERSS-MIS वार्ड स्तरमानै कार्यान्वयन गर्न सकिने समेत प्रतिवद्दता जाहेर गर्नु भएको छ । VERSS-MIS कार्यान्वयनका लागि तत्काल सम्वन्धित वार्डहरुलाई श्रोत तथा साधन उपलव्ध गराउनु पर्नेमा पहल तथा कार्यतालिका बनाउन आवश्यक देखिन्छ ।