FAQs Complain Problems

प्रमुख प्रशासकिय अधिकृतको स्वागत र परिचय कार्यक्रम

धरान, कार्तिक ८। धरान उपमहानगरपालिका नगर कार्यपालिकाका नवनियुक्त प्रमुख प्रशासकिय अधिकृत श्री गणेशप्रसाद तिम्सिनाले उपमहानगरपालिकामा पदभार ग्रहण गर्नु भएको छ। यस अघी उहाँ पर्यटन कार्यालय काकरभिट्टाको कार्यालय प्रमुखको रुपमा रहनु भएको थियो। मिति २०७४ असोज २७ गते उपस्थित हुनु भएको र आज २०७४ कार्तिक १२ गतेका दिन उपमहानगरपालिकाका विभिन्न महाशाखा, शाखा तथा उपशाखाहरुका कर्मचारीहरु संग परिचय कार्यक्रम सम्पन्न गरियो। उपमहानगरपालिकाका कर्मचारीहरुलाई सम्बोधन गर्दै धरानको विकासमा नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि कर्मचारीहरुले काधमा काँध मिलाई सहकार्य गरेमा नेपालको उत्कृष्ट नगरको रुपमा स्थापित गर्न सफल हुनेछौँ भन्ने बताउनु भयो।

यस अघी पूर्व कार्यकारी अधिकृत श्री विष्णुप्रसाद कोईरालाको विदाई कार्यक्रम यही २०७४ कार्तिक ८ गते सम्पन्न गरियो। उहाँ ओखलढुँगा जिल्ला समन्वय समितिको जिल्ला समन्वय अधिकारीको पदमा काज सरुवा भई जानुभएको हो। उक्त अवसरमा उपमहानगरपालिकाका प्रमुखले नगरको विकासका लागी सबै जना कर्मचारीहरुले सकारात्मक रुपमा जनताको सेवाका लागि सकृय भै कार्य गर्न निर्देशन गर्नु भयो।