FAQs Complain Problems

धरान उपमहानगरपालिका को राजश्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धी प्रारम्भिक कार्यशाला संचालन

धरान, १४ कार्तिक । धरान उपमहानगरपालिकाको राजश्व सुधार सम्बन्धमा धरान उपमहानगरपालिकाको आयोजना तथा UNCDF (राष्ट्र संघीय पुँजी विकास कोष) को सहयोगमा २०७४ कार्तिक १४ र १५ गते संचालन भएको छ। उक्त कार्यक्रममा नगर प्रमुख, उप प्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत, राजश्व शाखाका कर्मचारी तथा सबै महाशाखाका प्रमुखहरुको उपस्थितिमा सम्पन्न भएको छ। यस कार्यक्रम संचालन बाट धरान उपमहानगरपालिकाको राजश्व वृद्धि गर्ने कार्ययोजना बनाईने लक्ष रहेको छ। नयाँ संरचनाअनुरुप निेर्वाचन सम्पन्न गरी गठन भएका ७७ जिल्ला मध्ये सुनसरी जिल्लाका सबै स्थानीय तहहरुमा नमुनाको रुपमा राजश्व सुधार कार्ययोजना तयार गरिने र सो अभ्यासको आधारमा अन्य जिल्लाका स्थानीय तहहरुको कार्ययोजना तयार गर्न मद्दत पुग्ने ब्यहोरा उक्त कार्यक्रममा मन्त्रालयका प्रतिनिधि तथा सहजकर्ताहरुबाट अभिव्यक्त गर्नु भएको थियो।