FAQs Complain Problems

बालमैत्री बन्दै धरान उपमहानगरपालिका

धरान उपमहानगरपालिकाले २०७५ साल भित्रमा धरानलाई वालमैत्री नगर घोषणा गर्ने भएको छ । वालमैत्री स्थानिय शासन कार्यान्वयन गर्ने प्रकृयामा उपमहानगरपालिका रहेको र त्यसका सुचकहरु पुरा गर्न वडावडामा कार्यहरु भईरहेको धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले बताउनु भयो। धरानले चालु आर्थिक बर्षमा सात वटा वडालाइ वालमैत्री वडा घोषणा गर्ने तयारी गरेको छ ।
उपमहानगरपालिकाले वालमैत्री स्थानिय शासनका सुचकहरु पुरा गर्ने वडाहरुलाई वालमैत्री वडा घोषणा गर्न लागेको हो ।नगरकार्यपालिका बैठकले वालमैत्री स्थानिय शासनका सुचकहरु पुरा गरि वालमैत्री वडा घोषणा गर्ने निर्णय गरे अनुसार चालु आर्थिक बर्षमा सात वडा वडालाई वालमैत्री वडा घोषणा गर्ने तयारी भएको धरान उपमहानगरपालिकाका सामाजिक विकास माहाशाखा प्रमुख गणेशप्रसाद खतिवडाले जानकारी दिनु भयो ।
उनका अनुसार धरानका वडानम्बर ४,५,६,९,१३,१४ र २०लाई वालमैत्री वडा घोषणा गर्ने तयारी भईरहेको छ ।वालमैत्री वडा घोषणाका लागि सुचक मापन र लगानी योजना बनाउने कार्यमा अहिले कार्यक्रमहरु भईरहेको धरान उपमहानगरपालिकाबाट वालवालिकाहेर्ने सम्पर्क ब्यक्ति निर्माला बस्नेतले बताउनु भयो। उनका अनुसार अहिले बिभिन्न वडाहरुको सुचक मापनगर्ने कार्य भई रहेको छ ।हाल सम्म वडा नम्बर ४ मा १७ वटा सुचक पुरा भएका छन् भने वडा नम्बर ५ मा २९ वटा सुचकहरु पुरा भएको छ ।

६ नम्बर वडामा १९ वडा सुचकहरु पुरा भएका छन् । त्यसैगरि १३ नम्बर वडामा ३५ वटा सुचकहरु पुरा भएका छन् भने १४ नम्बर वडामा २७ वटा सुचकहरु पुरा भएका छन् ।२० नम्बर वडामा ३१ वटा सुचकहरु पुरा भएको बस्नेतले बताउनु भयो ।अब ९ नम्बर वडामा मात्र सुचकहरु मापन गर्न वाकी रहेको छ ।चालु आर्थिकबर्षमा वालमैत्री वडा घोषणा गरिने ६ वटा वडाहरुमा लगानी योजना बनाउने कार्यक्रमपनि सम्पन्न भई सकेको वहाको भनाई छ ।

वालमैत्री वडा तथा नगर घोषणा गर्न ३९ वटा सुचकहरु प्राप्त गर्नुपर्ने हुन्छ ।जनप्रतिनिधीहरुले २०७५ साल भित्रमा धरानलाई वालमैत्री नगर घोषणा गर्न प्रतिबद्धता जनाइए अनुसार अहिले उक्त कार्यले तिब्रता लिएको सामाजिक बिकास महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाले बताउनु भयो। यो सँग वडा नम्बर ३,८,१७ र १६ मा वालमैत्री स्थानिय शासनका बारेमा सरोकारवालासाग अभिमुखिकरण र प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्ने कार्य भइसकेको छ ।यो सँगै वडा नम्बर ३,८,१७,९ र १९मा पुर्ण जन्मदर्ता अभियानपनि सञ्चालन गरेका छन् ।

यसैबिच धरान १४ नम्बर वडामा वालमैत्री स्थानिय शासनको सुचक मापन तथा वाल वालिकाको लािग आवधिक लगानी योजना गोष्ठी सम्पन्न भएको छ ।चैत्र २५ देखि २७ गते सम्म भएको गोष्ठीमा वालमैत्री वडाकालागि पुरा गर्न बाकी सुचकहरु पुरा गर्ने र स्थानिय बिद्यालय,संघ सस्था ,वडावासी लगायत सरोकारवालाहरुपनि सक्रिय रुपमा लागिपर्ने प्रतिबद्धता ब्यक्त भएको १४ नम्बर वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।

गोष्ठीको सहजीकरण वालमैत्री राष्ट्रिय सहजकर्ता सर्मिला पौडेल,धरान उपमहानगरपालिकाका समाजिक बिकास महाशाखा प्रमुख गणेशप्रसाद खतिवडा,सम्पर्क ब्यक्ति निर्माला बस्नेतले सहजीकरण गरेका थिए ।
केहो वालमैत्री स्थानिय शासन
बालमैत्री स्थानीय शासन भन्नाले बाल बचाउ,बाल संरक्षण,बाल बिकास, र अर्थपुर्ण बाल सहभागिताजस्ता बाल अधिकारका सवाललाई स्थानिय तहको नीति,संरचना,प्रणाली र कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धति भने बुझिन्छ ।