धरान नगरपालिका क्षेत्रको फोहरमैला व्यवस्थापन
कुनै पनि सहरको स्वछ, सफा र स्वस्थ्य वातावरणले त्यस सहरको सुन्दरता
झल्काउनुको साथ साथै त्याँहा बसोबास गर्ने नागरिकहरूको स्वास्थ्य जीवनको
लागि सहयोग गर्दछ । तसर्थ नगरको वातावरण संरक्षण, सम्वर्द्धन र सुधारका
लागि नगर क्षेत्रका सबै पक्षको समान दायित्व रहन्छ ।
नगरको वातावरण प्रदूषण गर्ने विभिन्न कारणहरू मध्ये नगर क्षेत्रमा
उत्पादन हुने फोहरमैलाको उचित व्यवस्थापनको अभाव पनि एक प्रमुख कारण
रहेको छ । त्यसैले धरान नगरपालिकाले यसको व्यवस्थापनको लागि नगरवासीको
पनि सक्रिय सहयोग र सहभागिता विकास गर्ने नीति लिएको छ । जस अन्तर्गत
फोहरको उत्पादन मात्रा कम गर्न, फोहरको सदुपयोग गर्न र स्रोतबाट घटाउन
साथै व्यवस्थापन गर्न समुदायमा आधारित दिगो सरसफाइ कार्यक्रमको
अवधारणालाई प्रमुखताका साथ अगाडि बढाएको छ ।
- विभिन्न वडाहरूमा टोल स्तरीय वातावरण सुधार समूहहरू गठन गरिएको र ती समूहलाई वातावरण सम्बन्धी विभिन्न तालिमहरू प्रदान गरी टोलको वातावरण सुधारको कार्यमा परिचालन गरिएको ।
- सवै टोल स्तरीय समूहहरूको प्रतिनिधित्व हुने गरी नगरस्तरीय वातावरण सुधार तथा समन्वय समिति (Network) को गठन गरिएको । समितिको सकृयतामा नगरक्षेत्रको नियमित वातावरणीय अनुगमन साथै समस्या समाधानको लागि पहल गर्ने गरिएको । नमुनाको रूपमा पुन:चक्रिय तथा पुन:प्रयोग फोहर संलकन तथा बिक्री केन्द्र सञ्चालन भइरहेको ।
- विद्यालय वातावरण प्रवर्द्धन कार्यक्रम नगरक्षेत्रका सबै मा वि स्तरीय सामुदायिक विद्यालयहरूमा सञ्चालित
- विविध जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन ।
दैनिक फोहरमैला व्यवस्थापन
धरान नगरपालिकाले धरान नगर क्षेत्रमा घर तथा पसलबाट उत्पादन हुने फोहरमैलालाई दैनिक रूपमा संकलन गरी सुरक्षित रूपमा डम्पिङ गर्ने गरेको छ ।
- दैनिक रूपमा ५ जना ड्राईभर ६० जना सरसफाईकर्मी (स्वीपर तथा लोडर) परिचालन गरि बिहान र दिउँसो २ चरणमा फोहर संकलन तथा सडक/ड्रेन सफाइको कार्य संचालन गरिरहेको ।
- मुख्य तथा भित्री वडाहरूमा रुट मिलाइ दैनिक¸ साप्ताहिक र अर्ध साप्ताहिक रूपमा सरसफाई कार्य परिचालन गर्ने गरिएको ।
- बाँझगरा सामुदायिक वन तथा सेउती खोला किनारको खालि भागमा फोहर डम्पिङ गर्ने गरिएको । (Control Dumping को प्रयास भइरहेको)
माथि उल्लिखित फोहर व्यवस्थापनको कार्य बाहेक अन्य तपसिलका विभिन्न महत्वपूर्ण कार्यहरू पनि नगरपालिकाले आफ्नो विभिन्न शाखा उपशाखा तथा अन्य निकायहरूसँगको समन्वयमा सञ्चालन गर्दै आइरहेको छ ।
- बेवारिस लाग सद्गत
- छाडा पशु नियन्त्रण तथा कान्जिहाउस सञ्चालन
- बजार तथा फुटपाथ व्यवस्थापन
- खुल्ला चर्पी नियन्त्रण वातावरणीय उजुरीहरू उपर छानबिन तथा कार्यवाही आदि
- धरान नगरपालिकाले गरिरहेको प्रयास तथा आगामी सोचको कार्यान्वयन
- फोहरलाई हेर्ने बुझ्ने व्यवस्थापन गर्ने दृष्टिकोणमा सुधार ल्याउन जनसहभागिता मूलक दिगो फोहर व्यवस्थापन अवधारणा अवलम्बन गर्ने प्रयास
- PPP (सार्वजनिक निजी साझेदारी) अवधारणामा निजी क्षेत्रको सहभागिताका लागि जोड ।
- क्षेत्रीय ल्याण्डफिल साइट (Regional Sanitary Landfill Site) निर्माण गर्ने कार्यमा सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्य ।
- धरान नगरपालिका क्षेत्रलाई ODF (खुला दिशा मुक्त क्षेत्र) बनाउने
अभियान ।
