नगरपालिकाको दीर्घकालीन सोच (Vision)
नगरको व्यवस्थित र समुन्नत विकासका लागि दीर्घकालीन सोच (vision) हुनु
पर्दछ भन्ने महसुस गरी नगर क्षेत्रमा रहेका विभिन्न राजनीतिक दलहरू, उद्योगी,
व्यापारी, बुद्धिजीवी, सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रतिनिधिहरू
एवं जनप्रतिनिधिहरू साथै विभिन्न दातृ संस्थाहरूको समेत सहभागिता तथा udle/GTZ
को प्राविधिक सहयोगमा अन्तरक्रिया गरी नगरका विशिष्ट सम्भावनाहरूको पहिचान
गरी धरानलाई आगामी २० वर्ष (वि.सं. २०७५) भित्रमा शिक्षा, स्वास्थ्य र
पर्यटकीय केन्द्रको रूपमा पूर्वाधार युक्त सुन्दर शहर बनाउने भन्ने
दीर्घकालीन
सोच तयार गरी नेपाल भ्रमण वर्ष (१९९८) २०५५ को अवसरमा "शिक्षा, स्वास्थ्य
र पर्यटकीय पूर्वाधारयुक्त सुन्दर सहर, धरान" भनी नगरपालिकाको
दीर्घकालीन
सोच घोषणा गरियो ।
२०६० सालमा आएर धरान पूर्वाञ्चलको प्रवेश द्वार मात्र नभएर व्यापारिक केन्द्रको
रूपमा पनि रहेकाले यसलाई व्यापारिक केन्द्रको रूपमा पनि विकास गर्ने भनी
आफ्नो सोच न.पा.ले थप गरेको छ ।
रणनीतिहरू
- बाह्य निकायहरू GOs/INGOs/NGOs/CBOs/ Private Sector र तिनिहरूले गर्न सक्ने सहयोगको संभव भए सम्म सहभागिता मूलक कार्यहरूको पहिचान गर्ने ।
- निजी क्षेत्रबाट के कस्ता कामहरू कसरी हुन सक्दछन्, पहिचान गर्ने निजी क्षेत्रसँग सम्बद्ध भएर वा सहभागी गराएर विभिन्न कार्यक्रम सञ्चालन गर्ने ।
- स्थानीय, क्षेत्रीय र केन्द्रीय सरकारी कार्यालयबाट के कस्तो श्रोतहरू र कामहरू लीन सकिन्छ, यकिन गर्ने ।
- दातृ संस्था र अन्तरराष्ट्रिय संस्था आदिबाट के कस्ता सहयोग को कोबाट हुन सक्दछ निर्क्योल गर्ने ।
- राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहयोग प्राप्त गर्न सक्ने क्षेत्र पहिचान गर्ने, सम्पर्क स्थापना गर्ने र प्रस्ताव तयार गरी सहयोगको अधिकतम परिचालन गर्ने ।