होम पेज | साइट म्याप | सम्पर्क | In English

धरान एक परिचय

पूर्वाञ्चल विकास क्षेत्रमा अवस्थित धरान, नेपालकै एक सुन्दर तथा विविध सांस्कृतिक विविधता भएको सहर हो । यो कोशी अञ्चलको सुनसरी जिल्लामा पर्छ ।

हालको आधुनिक धरान सहर रहेको स्थानमा सुरुमा घना जङ्गल रहेको र सो जङ्गल फँडानीका क्रममा काठ चिर्ने आरावालाहरुले तयार गर्ने गरेको धरान (धराप) बाट नै आजको धरान सहरको नामकरण भएको भन्ने भनाई छ ।

वि.स. १९५० तिर घना जङ्गल फँडानी गरेर सानो बस्तीबाट सुरुवात भएको धरान, वि.स. १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले चन्द्रनगर (हाल पुरानो बजार) र वि.स. १९९० तिर श्री ३ जुद्ध शमशेरले जुद्ध नगर (हालको नयाँबजार) बसालेको इतिहासमा पाइन्छ ।

वि.स. २०१० सालमा पूर्वाञ्चलको लागि ब्रिटिस गोर्खा भर्ती केन्द्र धरानमा स्थापना भए पछि मुख्य रुपमा धरानमा बसोबास तथा चहलपहल बढेको पाइन्छ । वि.स. २०१७ सालमा धरान नगरपालिका घोषित भएको धरान, वि.स. २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा कोशी अञ्चलको सदरमुकाम समेत घोषित भएको थियो ।

सुरुमा ११ वडाहरू मात्र रहेको धरानलाई वि.स. २०३५ सालमा पूर्वतर्फ रहेको बाँझगरा गाउँ पञ्चायत र पश्चिम तर्फ रहेको घोपा गाउँ पञ्चायतलाई गाभेर क्षेत्र विस्तार गरी १९ वडामा विभाजन गरियो जुन हाल सम्म कायम रहेको छ ।

विविध जाति तथा जनजातिहरूको बसोबास स्थल र कला, साहित्य, संस्कृति तथा खेलकुदको क्षेत्रमा ख्याति प्राप्त धरान हाल आएर शिक्षा, स्वास्थ्य, पर्यटकीय तथा व्यापारिक पूर्वाधारयुक्त सुन्दर सहरको रूपमा विकास हुँदै पूर्वाञ्चलको मात्र नभइ नेपालकै नमुना नगरपालिका बन्न प्रयासरत छ ।



धरानका विशेषताहरु

  • तीन तिर डाँडो ले घेरेको, दक्षिण तिर चारकोशे झाडी रहेको र दुवै तर्फ खोलाले घेरेको ।
  • समशीतोष्ण प्रकारको हावापानी पाईने ।
  • थोरै दूरीमा पनि उचाइको धेरै फरक रहेको । (४ कि.मि.को दूरीमा ३०५ मी‌ देखि ७०० मी सम्म)
  • भिरालो प्रकारको जमिन ।
  • पहाड र तराईको संगम स्थल (भाबर प्रदेश) ।
  • नेपालको दोश्रो धेरै पानी पर्ने स्थान । (२६२६ मि.मि./बर्ष)
  • पूर्व ब्रिटिस सैनिकहरूको बाहुल्यता रहेको ।

नगरपालिकाका विशेषताहरू

  • नगरपालिकाको पूर्वाधार विकासमा अत्याधिक जनसहभागिता जुटने । स्कूल, सडक, खानेपानी विस्तार फोहरमैला व्यवस्थापन आदिमा ।
  • स्थानीय नेतृत्वबाट नगरपालिकाको २० वर्षे दीर्घकालीन सोच (Vision) तयार गरिएको ।
  • दीर्घकालीन सोचको आधारमा नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने गरिएको ।
  • विभिन्न सरकारी तथा गैर सरकारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघ संस्थाहरूसँग सुमधुर सम्बन्ध कायम गरी काम गर्ने गरिएको । (udle/GTZ, UNICEF, TDF, Peace Corps, JICA, NSET-Nepal, SEAM-N etc.)
  • विभिन्न क्षेत्रमा अग्रणी स्थानमा रहेको ।
  • सडकमा आधारित घर नम्बरीङ्ग ।
  • कम्प्युटरीकृत जनशक्ति सूचना प्रणाली
  • कर्पोरेट लेखा प्रणाली ।


asasd

asasd