पूर्वाञ्चल विकास क्षेत्रमा अवस्थित धरान, नेपालकै एक सुन्दर तथा विविध सांस्कृतिक विविधता भएको सहर हो । यो प्रदेश नं १ को सुनसरी जिल्लामा पर्छ ।
महाभारतकालीन ईतिहास बोकेको र पछिल्लो समयमा किरात राजधानीको रुपमा रहेको विजयपुर धरान नगरको शिर हो । विजयपुरको ईतिहास खोतल्दा सतिदेविको दन्त पतन भएको किम्वदन्ति र दन्तकाली मन्दिरको अवस्थिति एवं ५०० वर्ष पहिले बंगालका राजाले जिर्णोद्धार गरेको पिण्डेश्वर मन्दिरको अभिलेखहरुबाट यो स्थान पुरातात्विक, पौराणिक एवं ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको छ ।
| दमकल | 025-520199 |
| प्रहरी | 100, 9852090755 |
| एम्बुलेन्स | 025520258 (रेडक्रस) |