बालमैत्रि २० नं. वडा

धरान उपमहानगरपालिकालाई २०७५ साल भित्रमा बालमैत्री नगर घोषणा गर्ने योजना अनुरुप २०७५ साल भाद्र २९ गते राष्ट्रिय बाल दिवसको अवसर पारी २० नम्बर वडालाई बालमैत्री घोषणा गरिएको छ ।उक्त कार्यक्रममा धरानका विभिन्न वडाका वडाध्यक्ष कार्यपालिका सदस्य वडा सदस्य  सुरक्षा निकायका प्रमुख राजनैतिक दलका प्रतिनिधी र पत्रकारहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम १ नं प्रदेशका सभामुख श्री प्रदिप कुमार भण्डारी ज्यूको प्रमुख आतिथ्यमा भएको थियो ।धरान उपमहानगरपालिकाका कार्यावाहक नगर प्रमुख मञ्जु भण्डारी सुबेदी, प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरेले मन्तव्य राख्नु भएको थियो। साथै  बालमैत्री सम्पर्क व्यक्ति निर्मला बस्‍नेतको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न जात जातिको झाक्री समेतको प्रस्तुति रहेको थियो ।उक्त कार्यक्रममा वडा न्ं १४का बालबालिकाहरुले परिवर्तनका पाईलाहरु सम्बन्धी सडक नाटक प्रस्तुत गरेका थिए ।सोहि वडाका बालबालिकाहरुले गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।कार्यक्रम संचालन धरान उपमहानगरपालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत गणेश प्रसाद खतिवडाले कार्यक्रम संचालन गर्नु भएको थियो ।