धरान उपमहानगरपालिकाको तेश्रो नगरसभा सम्पन्न

धरान उपमहानगरपालिकाको तेश्रो नगरसभा सोमबार सम्पन्न भएको छ ।आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम र बजेट पारित गर्दै नगरसभा समापन भएको हो । नगर सभाका सभाध्यक्ष तथा नगर प्रमुख तारा सुब्बाले सभा समापन गर्नु भएको थियो । २०७५ असार १० गते आईतबार बाट सुरु भएको नगर सभामा उप प्रमुख मञ्जु भण्डारी सुबेदीले निती तथा कार्यक्रम र बजेट सभा समक्ष सार्वजनिक गर्नु भएको थियो । उप प्रमुख भण्डारीले आगामी आर्थिक बर्ष २०७५/७६ का लागि १ अर्व ८० करोडको बजेट सभा समक्ष प्रस्तुत गर्नु भएको थियो । सभाले सोमबार सो निती तथा कार्यक्रम र बजेट ध्वनिमतका साथ पारित गरेको छ ।