लैङ्गिक हिंसा विरुद्धको १६ दिवसीय अभियानको उत्घाटन कार्यक्रम

“समानताको पुस्ता: बलात्कार विरुद्ध ऐक्यवद्धता” भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिवसीय अभियानको उत्घाटन सत्र कार्यक्रम मिति २०७६ मंसिर ९ गते सम्पन्न भएको छ। धरान उपमहानगरपालिका कार्यालय प्राङ्गणमा भएको कार्यक्रममा कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारी सुवेदी, जनप्रतिनिधिहरु, कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो। लैङ्गिक हिंसा विरुद्धको अभियान विभिन्न कार्यक्रमहरु गरी १६ दिन सम्म चल्नेछ।