अन्तर कर्मचारी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

धरान उपमहानगरपालिका, नगर खेलकुद विकास समितिको आयोजनामा अन्तर कर्मचारी ब्याडमिन्टन प्रतियोगिता २०७६ सम्पन्न भएको छ। श्रावण १७ र १८ गते भएको उक्त प्रतियोगितमा पुरुषहरुको डबल र महिलाहरुको सिङ्गल खेल भएको थियो। पुरुष तर्फ रमेश राई र विसन गुरुङ्ग प्रथम र प्रमुख प्रशासकिय अधिकृत विनोद कुमार पोखरेल र किशोर अधिकारी दोस्रो हुनु भयो। त्यस्तै स्वेता राई र लक्ष्मी तामाङ्ग महिला तर्फ क्रमश प्रथम र दोस्रो हुनु भयो।