पर्यटन प्रवर्द्धन सामाग्रि सार्वजनिक

धरानको पर्यटन प्रवर्द्धनका लागि पोष्टर, ब्रोसर तथा बुकलेट प्रकाशन गरी एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ। मिति २०७६।०३।२४ गते सुनसरी उद्योग वाणिज्य संग, धरानको सभाहलमा आयोजित कार्यक्रममा धरान उपमहानगरका कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदी, उद्योग, वन तथा पर्यटन मन्त्रालयका सचिव बुद्धिराज ढुंगाना, प्रमुख प्रशासकीय अधिकृत विनोद पोख्रेल, इष्ट टुरिज्म मार्ट व्यवस्थापन समितिका अध्यक्ष भवेश श्रेष्ठ र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले सार्वजनिक गर्नु भएको थियो।