वडा नं. १ मा उद्घोषण कला तालिम

१ नं. वडा कार्यालयले  महिलाहरुलाई उद्घोषण तालिम प्रदान गरेको छ । शुक्रबार र शनिबार नेपाल रेडक्रम सोसाईटी सुनसरी धरानको सभाहलमा तालिम सम्पन्न भएको थियो। । तालिममा विभिन्न टोल उत्थान समिति, संघसंस्था लगायतका ३० जना महिलाको सहभागिता रहेको थियो । आफ्नो टोल समाजमा आयोजन गर्ने कार्यक्रमलाई प्रभावकारी ढंगबाट संचालन गर्नसक्ने जनशक्ति तयार गर्ने उद्देश्यका साथ आयोजना गरिएको १ नं. वडा कार्यालयका अध्यक्ष रोशन अधिकारीले बताउनु भयो ।