निजि क्षेत्रको लगानिका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

मिति २०७६ वैशाख १९ गते धरान उपमहानगरपालिका, पर्यटन विकास समितिको आयोजनामा निजि क्षेत्रको लगानिका लागि अभिमुखीकरण कार्यक्रम सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा ३३ जना युवाहरुले सहभागिता जनाएका थिए र उनीहरुलाई धरान उपमहानगरपालिका राजश्व, सूचना तथा पर्यटन अधिकृत खगेन्द्र खतिवडा, गेट कलेज काठमाण्डौका संस्थापक प्रमुख कार्यकारी अधिकृत खेम लकाइ तथा विकास उद्यमीकी कार्यक्रम संयोजक सुबुना बस्नेतले प्रशिक्षण दिनुभएको थियो।