सरसफाई कार्यक्रम सम्पन्न

६९ औ प्रजातन्त्र दिवसका अवसरमा धरान उपमहानगरपालिले आयोजना गरेको ३ दिने सरसफाई अभियान सम्पन्न भएको छ। उक्त कार्यक्रममा धरान उपमहानगरपालिकाको कार्यवाहक नगर प्रमुख, वडाध्यक्ष ज्हयूरु, कार्यपालिका सदस्यहरु, कर्मचारी, विभिन्न संघ संस्था, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल लगायतको सहभागिता थियो। फाल्गुण ६, ७ र ८ गते चलेको सो कार्यक्रममा तिनकुने देखि सेउति पुल सम्मको लोकमार्ग आसपासको क्षेत्र सरसफाई गरिएको थियो।