सूचनाको हक सम्बन्धि कार्यक्रम सम्पन्न

जनजागृति समाज को आयोजना तथा धरान उपमहानगरपालिका कार्यालय को सहयोगमा एक दिवसको कार्यक्रम माघ ५ गते शनिवार भएको थियो । कार्यक्रमको प्रशिक्षकको रुपमा सूचना अभियन्ता बिष्णु चौलागाईंले गरेका थिए । धरान उप महानगरपालिका कर्मचारी एसोसिएसन भवनमा भएको उक्त कार्यक्रममा सहभागी सबैलाई सूचनाको हक बुज्ने र सिक्ने मात्रै होईन त्यसको प्रयोग पनि गरौ र यो हक बुजेर मात्रै खासै फरक पर्दैन जब प्रयोग गर्नुहुन्छ अनि फरक पर्छ अनि मात्रै यहाँ र समुदायको समेत फाईदा हुन्छ भन्ने बिषयमा सचेतता गरिएको थियो । उक्त कार्यक्रममा सूचना र सूचना अधिकारमा जनताको भुमिका , सूचनाको हकको जानकारी तथा कानुनी ब्यवस्था ,सूचना को हकको व्यवहारिक प्रयोग ,भ्रष्टाचार नियन्त्रणमा सूचनाको हकको भुमिका , र प्रयोगात्मक समेत गरिएको थियो। ३४ जना युवाहरूलाई उक्त कार्यक्रममा सहभागी गराई प्रशिक्षण गरिएको थियो । कार्यक्रम बिहान ७ बजे देखि दिउसो ४ :३० बजे सम्म भएको थियो ।