मेयरकप स्कुल ओलम्पिक, कवड्डीमा केके स्कुललाई स्वर्ण

दोस्रो मेयरकप स्कुल ओलम्पिक अन्र्तगत विहिबार भएको कबड्डी खेलको फाइनल खेलमा केके इन्टरनेशनल स्कुलले स्वर्ण पदक जितेको छ ।
कवड्डीमा सुनाखरीले कास्य पदक जितेको छ भने धरान लिगामेन्ट स्कुलले रजत पदक जितेको छ । कवड्डी खेलका संयोजक तरुणकुमार यादबका अनुसार धरानका १८ वटा विद्यालयले कवडडी खेलमा सहभागिता जनाएका थिए ।
यो सँग मेयरकप स्कुल ओलम्पीकका आठ ओटा खेलहरु सम्पन्न भएका छन् ।‘ अब फुटवल,क्रिकेट,कराँते र टेवलटेनीस खेलको मात्र फाईनल खेल हुन बाकी छ ’ नगर खेलकुद विकास समितीका अध्यक्ष सुवास राईले भने ।
उनका अनुसार प्रत्येक खेलको फाइनल खेल सँगै खेलाडीहरुलाई पदक वितरण कार्य पनि सँगै भईरहेको छ ।