मेयरकप स्कुल ओलम्पिक २०७५ अन्तर्गत ब्याड्मिन्टन सम्पन्न

मिति २०७५ मंसिर ८ देखि ९ गते सम्म सम्पन्न मेयर कप ब्याडमिन्टन प्रतियोगिता अमर सेवा समाजको ब्याड्मिन्टन हलमा सम्पन्न भएको छ। समापन कार्यक्रमको सभापतित्व सुनसरी जिल्ला ब्याडमिन्टन संघका सचिब एवं ब्याडमिन्टन प्रतियोगिताका सम्योजक प्रतिक श्रेष्ठ रहनु भएको थियो भने प्रमुख अतिथि नेपाल ब्याडमिन्टन संघ का केन्द्रिय उपाध्यक्ष चन्द्र शेखर लामा रहनु भएको थियो। बिशिस्ट अतिथि मा १३ न. वडा अध्यक्ष नेत्र प्रसाद काफ्ले र अमर सेवा समाजका अध्यक्ष हरि बहादुर लिम्बू तथा अतिथिहरुमा भुवन राई, गणेश खडका, सुनसरी जिल्ला ब्याडमिन्टन संघ का सदस्यहरु लगायतको उपस्तिथि रहेको थियो । औपचारिक कार्यक्रम को सन्चालन सुनसरी जिल्ला ब्याडमिन्टन संघ का सदस्य सुरेश नेवोङ ज्युले गर्नुभएको थियो। प्रमुख निर्णायक रकम लिम्बुज्युले जानकारी गराए अनुसार ३ गोल्ड ३ ब्रोन्ज प्राप्त गरेर सुनगभा स्कुल प्रथम स्थान प्राप्त गर्न सफल भएको छ । दोस्रो र तेस्रो स्थान युरेका र डिपोट स्कुलले प्राप्त गर्न सफल भएका छन । यस्तै सैनिक स्कुल , पर्बत स्कुल , पुलिस स्कुल , पब्लिक स्कुल , लोटस, आवर होम र सुनाखरी स्कुल चौथो देखि १० औ स्थान प्राप्त गर्न सफल भएका छन प्रतियोगितामा । प्रतियोगितामा धरान उपमहानगरपालिका आयोजक एवं सुनसरी जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहेको थियो।