मेयरकप स्कुल ओलम्पिक २०७५ अन्तर्गत भलिबल खेल सम्पन्न

मेयरकप स्कुल ओलम्पिक २०७५ अन्तर्गत भलिबल खेल सम्पन्न भएको छ। सो खेलमा छात्र तर्फ १४ विद्यालय र छात्रा तर्फ १० विद्यालयले सहभागिता जनाएका थिए।

जसमा निम्न विद्यालयहरुले पदक जितेका छन्।

छात्र तर्फ:

१) स्वर्ण- समिट सेकेण्डरी स्कूल, धरान -९

२) रजत- युनाइटेड गोर्खा एकेडेमी, धरान-१५

३) कास्य- नेपाल पुलिस स्कूल, धरान-१३

छात्रा तर्फ:

१) स्वर्ण- समिट सेकेण्डरी स्कूल, धरान -९

२) रजत- युरेका सेकेण्डरी स्कूल, धरान-१

३) कास्य- डिपोट मा. वि., धरान-१८