मेयरकप स्कुल अाेलम्पिक सुरू

धरान उपमहानगरपालिका, नगर खेलकुद विकास समितीकाे अायाेजनामा दाेश्राे मेयरकप स्कुल अाेलम्पिक २०७५ मङसिर ५ गतेबाट सुरू भएकाे छ । धरान उपमहानगरपालिका नगर खेलकुद विकास समितीका अध्यक्ष सुवास राइकाे अध्यक्षतामा भएकाे उद्घाटन समाराेहमा संघीय संसद माननिय जयकुमार राइकाे प्रमुख अातिथ्यमा भएकाे थियाे ।उद्घाटन समाराेहमा प्रदेशसभाका सभासद माननिय प्रदिपकुमार भण्डारी विषेश अतिथी रहनु भएकाे थियाे । धरान उपमहानगरपालिका की कार्यबहाक नगर प्रमुख मञ्जु भण्डारी सुबेदीले कार्यक्रममा स्वागत मन्तब्य राख्दै धरानलाइ खेलकुदकाे शहर घाेषणा गर्न संघिय सरकारलाइ अाग्रह गर्नु भएकाे थियाे ।मेयरकप स्कुल अाेलम्पीक मङसीर १७ गते समापन हुने छ । अाेलम्पीकमा १२ वटा विधाका खेल हुनेछन भने करिव ४ हजार विद्याथी सहभागि हुदैछन्। खेलमा ७५ स्वर्ण,७५ रजत र ७८ काश्यपदक वितरण हुने छ ।