Panchayat Secondary School


2020 BS

Dharan Sub Metropolitan City

Govt of Nepal

025522855


धरान उप महा नगरपालिका वडा नं १० मा अवस्थित श्री पञ्चायत उच्च माध्यमिक विद्यालय यस क्षेत्रका बुध्दिजीवी समाजसेवी हरुको प्रयासबाट ५२ वर्ष अघि वि सं २०२० सालमा स्थापना भएको इतिहाँस छ । तत्कालीन धरान नगर पञ्चायत द्वारा पञ्चायत प्राथमिक पाठशालाको रुपमा स्थापना भएको यो विद्यालय त्यस अघि २०१८ साल देखि नै सिंह बाहीनी मन्दिर धरान ९ मा सञ्चालित थियो । २०२० सालमा समाजसेवी श्री लोक बहादुर राईले प्रदान गर्नुभएको जग्गामा यो विद्यालय स्थानान्तर भयो । आफ्नो सेवालाई निरन्तर समुदायमा समर्पित गर्दै यस विद्यालयले हाल सम्म सन्तोषजनक सफलता प्राप्त गर्दै आएको छ । हाल यस विद्यालयले व्यवस्थापन संकाय अन्तरगत कक्षा १२ सम्मको ‌औपचारिक शिक्षा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्